जन आकाश
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहाबाट काठमाडौंसम्मको उडान सञ्चालन हुने भएको छ ।
कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च अर्थात् चैत २ र ३ गते दोहा काठमाडौं उडान हुने छ । यसैगरी १७ र १८ मार्च अर्थात् चैत ३ र ४ गते काठमाडौं–दोहा उडान तालिका तय भएको छ ।
नेपालबाट कतार जान चाहने वा दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा जाने यात्रुहरूले यो उडानको सुविधा लिन सक्नेछन् । कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन, पेरिस लगायतका एसियाली तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा पनि विशेष उडान गर्दैछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend