logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बाल र्‍यापर मन्जरी तामाङको “चर्चा छ चर्चा” बोलको गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, चैत्र ४ २०८२

काठमाडौं । गायिका सुस्मिता स्याङ्तान र बाल र्‍यापर मन्जरी तामाङको आवाजमा रहेको ‘चर्चा छ चर्चा ’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत मन्जरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



सानै उमेरदेखि र्‍याप गीतमार्फत पहिचान बनाउँदै आएकी मन्जरी तामाङ पछिल्लो समय ‘चर्चा छ बोल’ गीतमार्फत पुनः चर्चामा आएकी छन्। गीतमा उनको र्‍याप प्रस्तुति विशेष रूपमा रुचाइएको छ, जसले दर्शकको ध्यान खिच्न सफल भएको छ।

गीतको शब्द तथा कम्पोज विवेक लोप्चनले तयार पारेका हुन्। संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने मिक्सिङमास्टरिङ गोविन्द सोनीले गरेका छन्।

भिडियोतर्फ निर्देशन तथा कोरियोग्राफी पाल्देन लामाले सम्हालेका छन्। छायांकन रोनिश तामाङ र अलिजा सिजावलले गरेका छन् भने रंग संयोजन अनिल बिष्ट प्युठानीले गरेका छन्। पोस्ट प्रोडक्सन सुस्मिता स्याङ्तानले नै गरेकी छन्।

भिडियोमा सुस्मिता स्याङ्तान र मन्जरी तामाङसहित अन्य कलाकारको अभिनय देख्न सकिन्छ। समग्रमा, मन्जरी तामाङको ऊर्जा र प्रस्तुति नै गीतको मुख्य आकर्षण बनेको छ, जसले गीतलाई छोटो समयमै राम्रो चर्चा दिलाइरहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend