जन आकाश
काठमाडौं । यहि चैत्र १९ गते देखि हुने एसइई परीक्षामा रामेछाप जिल्लाभरीबाट २ हजार ४ सय ६१ जना परीक्षार्थी सहभागी हुने भएका छन । १५५ जना प्राविधिक धारका र २०१ जना ग्रेड वृद्धि सहित २ हजार ४ सय ६१ जना विद्यार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।
यो वर्ष गतवर्षभन्दा ३ सय कम विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिनुभयो । केहि वर्ष यता एसइई परीक्षा दिने विद्यार्थीको संख्या घट्दै गईरहेको छ ।
रामेछापमा एसइई परीक्षा केन्द्रहरु पनि घट्दो क्रममा रहेको छ । २०८० सालमा २४ वटा केन्द्र रहेको थियो । २०८१ मा ५ वटा घटेर १९ वटा केन्द्र कायम भयो । यस वर्ष १४ वटा मात्रै परीक्षा केन्द्र कायम रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend