जन आकाश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको हो। उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बिहीबार दिउँसो काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरेको हो।उनले गैरकानुनी रूपमा आर्जन गरेको रकमको स्रोत लुकाउने, छल्ने, स्वरूप बदलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ।यसअघि उनको पासपोर्ट समेत रोक्का गरिएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend