logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अपराजित मधेशमाथि शीर्ष स्थानको आर्मीको जित, सुदूरपश्चिमले गण्डकीलाई हरायो


  • जन आकाश
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले अपराजित रहेको मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।



जनकपुरमा भएको खेलमा हात पारेको जितपछि आर्मीले पाँच खेलबाट ९ अंक जोडेको छ। सुदुरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा छ। नेपाल पुलिस ७ अंकसहित तेस्रो स्थानमा छ भने मधेश ७ अंक जोडेर चौथोमा सीमित बनेको छ।

पहिले ब्याटिङ गरेको मधेश १८४ रनमा अलआउट भयो। उसका लागि विशाल शुल्सिङले ५१ रन बनाए भने कप्तान अनिलकुमार साहले ४२ रन जोडे। बलिङमा आर्मीका बसिर अहमदले ३ विकेट लिए भने शाहब अलाम र नरेश साउदले २(२ विकेट लिए। १८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि तृतराज दासले ६९ रन बनाए भने बसिर अहमदले नटआउट ४१ रन बनाए।

यता सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि २ विकेटको जित निकालेको छ। जारी प्रतियोगितामा जितसँगै सुदुरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले पाँच खेलमा चौथो जित निकालेको हो। यता गण्डकी भने तीन खेलमा पराजित भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend