logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लोकतन्त्र जोगाउन सवै सजग बनौ 


  • जन आकाश
  • शनिबार, चैत्र २१ २०८२

लोकतन्त्र जोगाउन सवै सजग बनौ 



नेपालमा लोकतन्त्रका लागि सघर्ष गरेर सहिद हुनु भएका सहिदलाई सम्झौ, सहिद भएका परिवारको पीडालाई मनन गरौ । निरकुशता साशन हुदा भोगेका भोगाईहरुलाई सम्झौ । लोकतन्त्रमा आफुले अभिव्याक्त गरेको आफ्नो प्रतिभा देखाएर आफै स्थापित भएको गौरवलाई महसुस गरौ । आफैलाई ठिक नलागेका कुरा सामाजिक सञ्जालमा प्रयोग गरेको क्षणलाई पनि सम्झौ । आफ्नो जतिकै अधिकार अर्को मानिसको पनि हो भनेर कल्पना गरिहेरौ । हाम्रा पूर्खहरुले जानेर वा नजानेर लोकतन्त्रका लागि काल कोठरीमा काठोरपूर्ण जिवन बिताएको कल्पना गरौ । यि माथि उल्लेख गरिएका विषयहरु सम्झेर आन्दोलन गर्ने आन्दोलनकर्ता र सरकारमा रहेर काम गर्ने सरकारले विगतका ईतिहासवाट पाठ सिक्नुपर्छ र लोकतन्त्रको लागि भएका लामो सघर्ष, त्याग, तपस्या र त्यो सघर्षका त्रममा भएको बलिदानीलाई सरक्षण गर्दै आउदा दिनहरुमा त्यस्ता घटनाहरु घटन नदिई शान्तिपूर्ण राजनीतिक भेला, जुलुस, सभा वाक स्वतन्त्रद्धार अभिव्याक्त गर्न पाउने नैसर्गिक अधिकारलाई सम्मान गर्न सिक्नुपर्छ । सरकार भनेको नागरिकहरुको अविभावक हो । अविभावको कर्तव्य अरुको भन्दा निक्कै जिम्मेवार हुनुपर्छ ।

सत्तामा हुने वित्तिक्कै लहडमा साढे गोरुले हाने जसरी प्रहरी प्रशासन लागएर नागरिकमा कुटपिट, धरपकट, बन्दी बनाएर नागरिकका अधिकारलाई कुष्ठित गर्ने काम लोकतन्त्र व्यवस्था रहुनजेल गर्न मिल्दैन । लोकतान्त्रिक व्यवस्थामा आफ्ना जायज मागहरु शान्तिपूर्ण सरल ढंगवाट लिखित राख्न पाउने अधिकारलाई पहिलो खुटकिलोको रुपमा असन्तुष्ट पक्षले प्रयोग गर्नुपर्दछ । त्यसपछि पनि भएन भने शान्तिपूर्ण ढंग प्रयोग गरी धेरै भन्दा धेरै मानिसले थाहा पाउने गरी सभा, जुलुस, माईकिङ गर्न पाउने अधिकार छ । त्यसपछि पनि जायज मागहरु पुरा हुन सकेनन् भने सम्बन्धित निकायमा ध्यानकर्षण गराउन सक्नुपर्छ । त्यपछि पनि सरकारले तानाशाही जस्तै व्यवहार देखाएको खण्डमा मात्र वलपूर्वक आन्दोलन गर्नुपर्छ । गर्दा हुन्छ । यस्ता महत्वपूर्ण विधि बनाएर सञ्चालन भईरहेको देश नेपालमा हुने वेला वेलाका आन्दोलनहरु अराजकछन् । ति आन्दोलन अराजक भए भनेर फेरी सरकार पक्षले गर्ने अन्धो दमण पनि निक्कै कारुणिक र बिदारक खालका नै हुने गरेका छन् । जसवाट मानवमा हुनुपर्ने संवेदनशीलता देखिएको छैन ।

त्यसकारण सवै नेपाली नागरिकले लोकतन्त्र भनेको आफु अनुसाशित भएर अरुलाई अनुसाशन सिकाउने उत्कृष्ट व्यवस्था हो तरिका हो भनेर बुझ्न सक्नुपर्छ ।
लोकतन्त्र रहेमा मात्र सवैको अधिकार सुरक्षित हुन सक्छ । लोकतन्त्र त्यतिकै महत्वपूर्ण छ । लोकन्त्र रहेमा मात्र सञ्चार क्षेत्रको रक्षा हुन्छ भन्ने मान्यतालाई हामीले विर्सनु हुदैन । लोकतन्त्रको रक्षा पनि सञ्चार क्षेत्रको विकासले मात्र गर्न सकिन्छ । त्यसकारण सञ्चार क्षेत्रको महत्व पनि उत्तिक्कै छ ।
त्यो चाहे सरकारी होस वा नीजि सञ्चार क्षेत्रको विकास विना जस्तो सुकै व्यवस्था भएपनि नागरिकको अधिकार रक्षा हुन सक्दैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend