जन आकाश
काठमाडौं । बागमती प्रदेश सरकारले शैक्षिक गुणस्तर वृद्धिका लागि आंशिक रूपमा ५ वटा विद्यालयमा आवासीय विद्यालय कार्यक्रम सञ्चालन गरेको छ । चितवन, धादिङ, सिन्धुली, दोलखा र सिन्धुपाल्चोक जिल्लाका एकरएक वटा विद्यालयमा सञ्चालित यो कार्यक्रममार्फत कुल ६६२ विद्यार्थीलाई सहभागी गराइएको छ ।
प्रदेश सरकारले लोपोन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले सुरु गरेको ‘आवासीय विद्यालय कार्यक्रम’ लक्ष्य अनुरुप विस्तार हुन सकेको छैन । कार्यक्रम सुरु भएपनि प्रभावकारिता र नतिजाबारे पनि अध्ययन हुन सकेको छैन । उक्त कार्यक्रमको प्रभावकारिताबारे सामाजिक विकास मन्त्रालय नै बेखबर देखिन्छ ।
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रमको बुँदा नम्बर ६४ मा लोपोन्मुख र अति सीमान्तकृत समुदायका बालबालिकाहरूको पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सामुदायिक विद्यालयमा आवासीय कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय तहको साझेदारीमा आवश्यकताअनुसार आवासीय विद्यालय विस्तार गरिनेछ । अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनमा तहगत सरकारसँग सहकार्य गरिनेछ भन्ने उल्लख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend