logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध, सोमबारसम्म भ्रामक प्रचार हटाउन निर्देशन


  • जन आकाश
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्य भन्दै प्रचार प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि अब कारबाही गर्ने भएको छ।सार्वजनिक सूचना जारी गर्दै विभागले विभाग कार्यालय वरपर तथा अन्य स्थानमा रहेका केही साइबर सेन्टर, इन्स्टिच्युट तथा संस्थाले ‘श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी काम गरिन्छ’ वा ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता शब्द प्रयोग गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षित गर्ने र रकम असुल्ने गरेको गुनासो आएको विभागले जनाएको छ।
विभागले श्रम स्वीकृति सम्बन्धी कार्य प्रचलित कानुनअनुसार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको जनाएको छ । सो कार्यमा भ्रम सिर्जना गर्ने गरी यस्ता भ्रामक प्रचार–प्रसार गर्नु गैरकानुनी भएको पनि जनाएको छ।
त्यसैले यस्ता किसिमका बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका प्रचार सामग्री सोमबारसम्म हटाउन सम्बन्धित व्यवसायी, साइबर सेन्टर तथा संस्थालाई निर्देशन दिइएको छ। विभागले आगामी सोमबारभित्र यस्ता सामग्री नहटाएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend