जन आकाश
नयाँ वर्ष २०८३ ले सवैलाई न्याय गरोस्
नेपालीहरुको नयाँ वर्ष आजवाट शुरु भएको छ । नेपाली नागरिकहरुले बिभिन्न कालखण्डमा गरेका आन्दोलन सघर्ष, त्याग, तपस्या लगायतले अटल देश र आम नेपाली स्वतन्त्र भई बाच्न सकेको ईतिहास हामीसँग छ । यो गर्विलो ईतिहासलाई कतिपय कालखण्डहरुमा राम्रा र नराम्रा विषयहरुले प्रसय पाए । नराम्रा विषयले प्रसय पाउदा कतिपय स्वतन्त्र, इमानदार, कर्तव्यनिष्ठ नेपाली नागरिकले अन्याय सहनु परेको पनि देखिएको थियो । छ ।
२०८२ भदौमा भएको जेन्जी विद्रोहवाट नयाँ जगमा रहेर नयाँ युगको शुरुवात गर्न नेपाली जनताले निर्वाचनवाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई तिहाईको बहुमत दिएर नेपाल देशको अटल, नेपाली नागरिकमा न्यायको सफा आखाले हेर्ने अवसर दिएका छन् ।
कुनैपनि स्वतन्त्र सर्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालका नेपाली नागरिकलाई अन्यायमा पर्न नदिने दाईत्व वर्तमान परिवर्तनको युगवाट आएको सरकारको हुन आएको छ । यो सरकार स्पष्ट बहुमतवाट जनताले ५ वर्षका लागि नेपाल देशर र नेपाली जनताको भविष्य कोर्न नयाँ युगको थालनी गरेर भविष्यमा उत्कृष्ट देश सम्पन्नशाली नेपली बनाउने प्रणलीको स्थापना गर्नको लागि दिएको मार्ग हो ।
त्यो अवस्थामा देशलाई पु¥याउनको लागि सवैभन्दा कुनैपनि नागरिकले आफुलाई अन्याय भएको महसुस हुनुभएन । यस प्रकारको वातावरण सरकारले वनाउन सक्नुपर्छ । यो काम गरेर आम नेपाली नागरिकहरुलाई हाम्रो देशमा राम्रोको लागि सरकार छ । न्यायको लागि सरकार छ । सामान्य नागरिको लागि पनि सरकार छ । भन्ने अनुभूति गराउन सक्ने वातावरण बनाई नेपाल देशलाई अक्षुण्ण राख्ने र नेपाली जनतालाई समान ढंगवाट न्याय गर्ने अभिभावकत्वको जिम्मेवारी वहन गर्न सक्ने आटिलो, तथ्यपरक, दृढ विश्वासका साथ मानवीय हितमा केन्द्रीत भएर काम गर्दै आम नेपालीले. न्याय पाउछन् भन्ने विश्वासका साथ ढुक्क भएर लगानी गर्ने लगानी गरेर व्यवसाय गर्ने, उद्योग खोलेर उत्पादन बढाउने, कृषि आधुनिकीकरण गरेर कम्पनीस्तरमा वा सामुहिक खेती गरेर सामाजिक उन्नती र आर्थिक सम्पन्नता हासिल गर्ने गरी काम गर्न सकुन भन्दै नेपली नागरिकवाट बनेको सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना साथै नेपाली नागरिकले कहिल्यै अन्यायमा पर्न नपरोस भन्ने कामना गर्दछौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend