जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनको आठौँ वार्षिकोत्सव समारोह यही मिति २०८३/०१/०२ गते बुधबारका दिन मिलनचोक पार्टी भेन्यू, पञ्चकुमारी, मिलनचोक, काठमाडौंमा सम्पन्न भयो ।
यस वार्षिकोत्सव कार्यक्रममा संस्थाले सुसेली उपविधाको संवर्द्धन, प्रवर्द्धन, उन्नयन, विकास एवम् स्थापित गर्न सहयोग गर्नुभएका २२ जना वरिष्ठ साहित्यकार, गायक, सङ्गीतकार, कलाकार एवम् संचारकर्मीलगायत विभिन्न विधामा सुसेलीलाई समेत समेटी विशेष योगदान दिनुभएका व्यक्तित्वहरूमा सम्मान समर्पण गर्यो।
संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष एवम् सुसेली उपविधाका प्रवर्तक दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ को सभापतित्व एवम् वरिष्ठ साहित्यकार, छन्दकवि डा. कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको यस कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीले गर्नुभएको थियो ।
राष्ट्रिय गानपश्चात् प्रमुख अतिथि, सभापति, संरक्षक, सल्लाहकार एवम् विशिष्ट अतिथिहरूद्वारस दीप प्रज्वलन गरी कार्यक्रमलाई विधिवत् रूपमा थालनी गरिएको थियो । संस्थाका संस्थापक केन्द्रीय महासचिव दामोदर ढकाल ‘दीपक’ ले सटीक मन्तव्य र कर्णप्रिय सुसेली गायनबाट उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई स्वागत गर्नुभएको यस वार्षिकोत्सव कार्यक्रममा संस्थाका संस्थापक केन्द्रीय कोषाध्यक्ष प्रथम शीत ईश्वर कृष्ण के.सी. ले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बीचबीचमा सुसेली गायनका साथमा शुभकामना मन्तव्य राखिएको यस कार्यक्रममा संस्थाकी संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार चन्द्रा न्यौपाने र संस्थाका संस्थापक केन्द्रीय सल्लाहकार डा. शैलेन्दुप्रकाश नेपालले केही सुसेली गायनका साथ शुभकामना मन्तव्य दिनुभएको थियो भने सम्मानित व्यक्तित्वहरूका तर्फबाट प्राज्ञ डा. कौशिला रिसाल र वरिष्ठ पत्रकार शान्तराम बिडारीले संस्थाबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुहुँदै धन्यवाद ज्ञापनका साथ सुसेली उपविधा र संस्थाको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
वरिष्ठ साहित्यकार एवम् संस्थाका संस्थापक केन्द्रीय सल्लाहकार द्वय डा. बमबहादुर थापा जिताली र डा. सीता विष्ट कार्की, कलानिधि दाहाल, पुरुषोत्तम दाहाल, थरेन्द्र बराल, गोङ्गबु साहित्य समाजकी अध्यक्ष एवम् यस संस्थाकी कार्यसमिति सदस्य द्वारिका कुइँकेल, खोलाघरे साहिंला, प्रा.डा. नारायणप्रसाद खनाल, प्रा. डा. गोविन्द मानसिंह कार्की, ठाकुरप्रसाद भण्डारी, विष्णुप्रसाद पन्त, मुकुन्दराज दाहाल, निबन्ध आचार्य, कार्य समितिका सदस्य द्वय जानुका थापा रायमाझी र सुधा ढकाल बाँस्कोटा, पुनम घिमिरे (महिला विभाग प्रमुख), सुरेशचन्द्र घिमिरे, पवनकुमार बुढाथोकीसहित ७५ जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहेको यस कार्यक्रममा वरिष्ठ सङ्गीतकार द्वय विष्णु गुरुङ र तिलक भट्टराई कल्पितले सङ्गीतमय सुसेली एवम् गीत प्रस्तुत गर्नुभएको थियो भने सुसेली सम्राट इ.वेदप्रसाद गौडेलले सुसेली पुराणका साथमा सुसेली गायन गर्नुभएको थियो । यसैगरी सुमधुर स्वरकी धनी सरस्वती अर्यालले संरक्षक न्यौपानेद्वारा रचित सुसेली गाउनुभएको थियो ।
प्रमुख अतिथि भट्टराईले यस राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालले आफ्नो मौलिकता, पौराणिकता एवम् ऐतिहासिकताका आधारमा अगाडि बढिरहेको र हरेक कवि साहित्यकारको मन जित्दै स्थापित हुुन सफल भएकामा बधाई दिनु भएको थियो । यसका साथै उहाँले यसरी आफू सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताउनुहुँदै आफूले रचना गर्नुभएका सुसेलीका साथमा धन्यवादसहित संस्थाको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
अन्तमा सभापति ‘भमरकोटे’ ले अक्षयकोष दाता, संरक्षक, सल्लाहकार, सुसेलीलाई यहाँसम्म डोर्याउन सहयोग गर्नुहुने व्यक्तित्वहरू एवम् उपस्थित सबैलाई धन्यवादसहित आफ्ना शुभकामना सुसेली गाउँदै औपचारिक रूपमा कार्यक्रमको समापन गर्नुभएको थियोे ।
फाउन्डेसनको यो आठौँ वार्षिकोत्सवका सुअवसरमा प्रदान गरिएका सम्मान र व्यक्तित्वहरू :
१. वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद भट्टराई – गङ्गा सुसेली सम्मान’ (संस्थापक गङ्गा लिगल)
२. व्यङ्ग्य कवि श्री वासुदेव गुरागाईं ‘पिँडालु पण्डित’ – ‘गङ्गा सुसेली सम्मान’
(सं. गङ्गा लिगल)
३. साहित्यकार संजय सोती – ‘दुर्गा तेज सुसेली सम्मान’ (सं. दुर्गा अधिकारी ‘भमरकोटे’ र तेजप्रकाश बानियाँ)
४. साहित्यकार ललिता दोषी – डा.
‘डा. शेषचन्द्रा सुसेली सम्मान’ (सं. डा. शेषरमण न्यौपाने र चन्द्रा न्यौपाने)
५. प्राज्ञ डा. कौशिला रिसाल – ‘राम सुशीला सुसेली सम्मान’ (सं. रामप्रसाद अधिकारी र सुशीला ढकाल अधिकारी)
६. वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल – सुचिता ऋतु सुसेली सम्मान’ (सं. सुचिता काफ्ले र ऋतु न्यौपाने)
७. साहित्यकार सविता के.सी. बोहरा – ‘केशव विमला सुसेली सम्मान’ (सं. केशव ढकाल र विमला ढकाल)
८. हाँस्यव्यङ्ग्य साहित्यकार डिल्लीप्रसाद दाहाल मूलतिहुन – ‘सफलता सभ्यता सुसेली सम्मान’ (सं. सफलता न्यौपाने र सभ्यता न्यौपाने)
९. साहित्यकार लक्ष्मीप्रसाद मिश्र – सुसेली सम्मान (सं. राष्ट्रिय सुसेली फाउन्डेसन)
१०. साहित्यकार/कलाकार इ. वेदप्रसाद गौडेल – ‘कमला सुसेली सम्मान’ (सं. कमला देवकोटा)
११. साहित्यकार माधवप्रसाद रिजाल (माधवानन्द) – ‘वम जानुका सुसेली सम्मान’ (सं. वमबहादुर रायमाझी र जानुका थापा रायमाझी)
१२. गीतकार/सङ्गीतकार तिलक
भट्टराई कल्पित – ‘चन्द्रा कमला शिवहरि सुसेली सम्मान’ (सं. चन्द्रा न्यौपाने)
१३. वरिष्ठ साहित्यकार एवम् गीतकार
मदनराज थापा – (सं. चन्द्रा न्यौपाने)
१४. साहित्यकार संगीता खरेल (संगी काली) – ‘मुरली सरस्वती सुसेली सम्मान’ (सं. मुरलीप्रसाद ढकाल र सरस्वती ढकाल)
१५. साहित्यकार रामशरण न्यौपाने –
‘ध्रुव पुनम सुसेली सम्मान’ (सं. ध्रुव घिमिरे र पुनम घिमिरे)
१६. साहित्यकार बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) – ‘सुवास शारदा सुसेली सम्मान’ ।
१७. वरिष्ठ पत्रकार शान्तराम बिडारी – ‘विनोद सुधा सुसेली सम्मान’ (सं. विनोद ढकाल र सुधा बाँस्कोटा ढकाल)
१८. साहित्यकार दीर्घबहादुर चन्द – ‘बलराम सरला सुसेली सम्मान’ (बलराम ओझा र सरला ‘सिर्जना’)
१९. साहित्यकार लव जोशी – ‘राम सीता सुसेली सम्मान’ (सं. रामप्रसाद अधिकारी र सीता पाण्डे अधिकारी)
२०. गीतकार/सङ्गीतकार विष्णु गुरूङ – सुसेली सम्मान – (सं. राष्ट्रिय सुसेली फाउन्डेसन)
२१. सम्पादक/प्रकाशक भोजराज भट्टराई परेवा पोस्ट पाल्पा – ‘प्रथम शीत ईश्वर सुसेली सम्मान’ – (सं. प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी. र गुनु के.सी)
२२. साहित्यकार श्री राजनप्रसाद न्यौपाने – ‘सुसेली सम्मान’ (सं.राष्ट्रिय सुसेली फाउन्डेसन)
यसरी राष्ट्रिय सुसेली फाउन्डेसन नेपालको आठौँ वार्षिकोत्सव समारोह सुसेलीप्रेमी वरिष्ठ साहित्यकारहरूको उत्साहजनक उपस्थितिमाझमा निकै सभ्य, भव्य एवम् रम्य रूपमा सुसम्पन्न भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend