logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल


  • जन आकाश
  • शुक्रबार, बैशाख १८ २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी शृंखलाको आफ्नो तेस्रो म्याचमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ त्रिवि क्रिकेट खेलमैदानमा यूएईसँगको म्याचमा टस जित्दै नेपाली कप्तान रोहितकुमार पौडेलले ब्याटिङ रोजेका हुन् ।



शृंखलाको पहिलो म्याचमा नेपालले यूएईलाई पराजित गर्दै महत्वपूर्ण २ अंक हासिल गरेको थियो । तर, आफ्नो दोस्रो म्याचमा नेपाल ओमानसँग निकै खराब प्रदर्शन गर्दै पराजित हुन पुग्यो ।

यूएई भने पहिलो खेलमा नेपालसँग पराजित भएपछि दोस्रो खेलमा ओमानलाई हराएर उच्च मानसिकतामा छ र नेपालविरुद्ध पनि जितको खोजीमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend