logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिठ्ठी बजाउँदै बोलको गीत सार्वजनिक


  • जन आकाश
  • आइतबार, जेष्ठ ३ २०८३

काठमाडौँ । गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक भएको छ।  राजधानीको रञ्जना सिनेप्लेक्समा आयोजित कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो।



जगत तिरुवाको शब्द, संगीत तथा र्‍याप रहेको गीतमा जीवन बडुको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ। रञ्जितकुमार चौधरी र रीतबहादुर श्रेष्ठ निर्माता रहेको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठको अभिनय छ ।

कबिराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दावा बल तामाङ सह–कोरियोग्राफरका रूपमा रहेका छन्। भिडियोको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन्। सौरभ लामाको छायांकन रहेको भिडियोको सम्पादन तथा रङ संयोजन मनोज कार्कीले गरेका छन् भने निर्देशन देव कुमार श्रेष्ठले गरेका हुन्।

भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend