logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विश्वकपको एक खेलपछि नै बर्खास्त भए यी प्रशिक्षक


  • जन आकाश
  • मंगलबार, असार २ २०८३

काठमाडौं । विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै लज्जास्पद हार बेहोरेपछि ट्युनिसियाले मुख्य प्रशिक्षक साबरी लामौचीलाई पदबाट हटाएको छ। मेक्सिकोको एस्टाडियो मोन्टेरेमा आइतबार भएको समूह एफु को खेलमा स्विडेनले ट्युनिसियालाई ५(१ को अन्तरले पराजित गरेको थियो। उक्त हार लगत्तै ५४ वर्षीय लामौचीलाई बर्खास्त गरिएको हल्ला चले पनि उनले सोमबार टोलीलाई प्रशिक्षण दिएका थिए। तर, ट्युनिसियाली फुटबल संघले अन्ततः ुआपसी सहमतिु मा उनीसँगको सम्झौता तोडिएको पुष्टि गरेको छ।



लामौचीको स्थानमा मोरक्को र साउदी अरबका पूर्व प्रशिक्षक हर्भ रेनार्डलाई प्रतियोगिताको अन्त्यसम्मका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
विश्वकपको इतिहासमा कुनै पनि प्रशिक्षकलाई पहिलो खेल लगत्तै बर्खास्त गरिएको यो पहिलो पटक हो। यसअघि सन् १९९८ को विश्वकपमा ट्युनिसियाले नै दुई खेलपछि प्रशिक्षक हेनरी कास्परजाकलाई हटाएको थियो भने दक्षिण कोरियाले पनि दुई खेलपछि आफ्ना प्रशिक्षकलाई बर्खास्त गरेको थियो।

लामौचीको ५ महिनाको कार्यकाल निकै निराशाजनक रह्यो। उनले ट्युनिसियाको प्रशिक्षकका रूपमा खेलेका ५ खेलमध्ये मात्र एउटा खेल (हाइटीविरुद्ध १(०) जितेका थिए। विश्वकपअघिको मैत्रीपूर्ण खेलमा पनि ट्युनिसिया बेल्जियमसँग ५(० ले पराजित भएको थियो।

हारपछि प्रतिक्रिया दिँदै लामौचीले भनेका थिए, ‘यति ठूलो हारबाट प्रतियोगिता सुरु गर्नु निकै पीडादायी छ। हामीले धेरै गल्ती गर्‍यौँ, जसले गर्दा हामी आफैँलाई चोट पुग्यो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend