logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विद्यालय शिक्षा पाठ्यक्रम परिमार्जन हुँदै, मन्त्री पोखरेल


  • जन आकाश
  • बिहिबार, असार ४ २०८३

काठमाडौं। विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुप परिमार्जन गरिँदै छ । यस निम्ति आवश्यक काम अगाडि बढेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।



‘विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुपको परिमार्जनका लागि कार्यदल गठनका लागि कार्य अगाडि बढाइसकिएको छ,’ उनले प्रतिनिधिसभाको बैठकमा भने । आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यसबारे जानकारी दिएका हुन् । विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुपको परिमार्जन गरेर कार्यान्वयनमा ल्याएपछि त्यसले शिक्षा क्षेत्रमा सुधार ल्याउने सरकारको विश्वास रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend