जन आकाश
काठमाडौं । फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिको जारी प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ। शुक्रबार बिहान दक्षिण कोरियालाई हराउँदै मेक्सिकोले एक खेल अगाडि नै नक आउट चरणको स्थान सुरक्षित गरेको हो।ग्वाडलाजारा स्टेडियममा लुइस लोरोले ५०औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो।जितसँगै समूह ए अंकतालिकामा ६ अंक बनाउँदै मेक्सिको नक आउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको हो।उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २(०) गोलले हराएको थियो। मेक्सिकोले अब चेक रिपब्लिकसँग खेल्न बाँकी छ।
पराजित भएको दक्षिण कोरियाको पनि नक आउट सम्भावना जिवितै छ। पहिलो खेलमा चेक रिपब्लिकलाई २(१) गोलले पराजित गर्दै अंक तालिकामा ३ अंक जोडेको छ। अब उसले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ।दक्षिण अफ्रिका र चेक रिपब्लिकले पनि बराबरी खेल्दै एक(एक अंक जोडेका छन्। उनीहरूको एक खेल बाँकी रहेका कारण नक आउट सम्भावना जिवितै छ।मेक्सिसको २०१८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो भने सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend