जन आकाश
नेपालमा जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै नेपाली उपभोक्ताहरुले दैनिक उपभोग गर्दै आईरहेको सामान वस्तुहरुमा एकाएक बजारमा मूुल्यबृद्धि भएको छ । दाल, चामल, तेल, माछा, मासुु लगायतका वस्तुुहरुमा महगी बढेर गएको छ । नेपालमा स्पष्ट बहुमत भएको सरकार छ । यो वेलामा पावरफुल सरकारले गलत कार्य गर्नेहरुलाई सोजै कारवाही र्गछ भन्ने डरले पनि काला बजारी गर्नेहरुले विगतको जस्तो कार्टेलिङ गर्न डराउनुु पर्ने हो । तर नेपालमा जुन सरकार आएपनि यस्ता कार्टेलिङ गर्ने माफियाहरु डराएको देखिदैन । डराउने पीडा भोग्ने चै गरिखाने सोजा साजा जनता हुुने रहेछन् भन्ने पछिल्लो उदारण बनेको छ । सरकारले कहिल्यै सर्वसाधरणको लागी बजारमा मूल्य निर्धारण गरेर बजारलाई सर्वसाधरणको सरकार बनाउन सकेको देखिदैन । नत हिजोको सरकारले देखायो । नत आजको सरकारले त्यो सर्वसाधरण नागरिकले पनि सामान्य आम्दानीवाट जीविको पर्जन गर्न सक्छन् । यस्तो समस्या ज्यूूका त्यू रहिरहेको छ ।
काठमाडौ शहरमा आएर सानो तिनो जागिर खाई आफ्ना छोराछोरीलाई राम्रो शिक्षा, दिक्षा दिन्छुु भन्ने सर्वसाधरणको सपना हुन्छ । त्यस्तै सपना बोकेर काठमाडौ उपत्यकामा आई बसोबास गरेका मानिसहरुलाई प्रत्येक वर्ष बढ्दै गएको बजार मूूल्य टाउको दुुखाई बन्दै आएको छ । दिनानुु दिन सुधार होलाकी भन्ने आसमानै रहेका जनताले परिवर्तनको राजनीतिक आस्था, भोट पनि धेरै पटक फेरी सके तर नेपालका धनी मानिस झनै धनी हुने र सर्वसाधरण जनता जहिल्यै ऋणमाथि ऋणको भारी बोकेर सधै अभावमा बाचिरहेका छन् । यसको अन्त्य कहिले होला ?
प्रश्न सोध्न थालिएको त वषौ भईसकेको छ । तर सहज र जनताले सेवा पाउने काम भने आजसम्म हुन सकेको छैन । यस्तो कामको शूूरुवात कुन सरकारले कहिल्यवाट थाल्ने हो । सर्वसाधरण नागरिकहरु सधै यसैगरी बजार मूूल्य बृद्धिको कारण देशमा आर्थिक समस्या थेग्न नसकेर दैनिका रुपमा अन्तराष्ट्रिय बजारमा गई श्रम गरेर जीवको पार्जन गरिरहनुु मात्र पर्ने हो ? यस्ता प्रश्नहरुले आम नेपाली नागरिकले गरिरहेका छन् ।
सरकारले जिम्मेवार भएर स्पष्ट बहुुमतको सरकाले सम्बन्धित निकायहरुलाई थप जिम्मेवार बनाई बजारमा हुने यस्ता बजार मूूल्य बृद्धिलाई नियन्त्रण गरी सर्वसाधरणको पनि देश हो । नेपालमानै सामान्य रोजगार गरेर पनि बाच्न सकिन्छ भन्ने देश बनाउने योजना ल्याउन सरकारको ध्यान पुुगोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend