logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

घरभाडा कर घरधनीले नै तिर्नुुपर्ने नियम कहिले लागु हुुन्छ सरकार


  • जन आकाश
  • बिहिबार, असार १८ २०८३

नेपालमा घरभाडा राजश्व लिन थालेको दशकौ भईसकेको छ । उक्त नियम महगी नियन्त्रण होस् र सामान्य नागरिकले पनि शहरमा बाच्न सकून् । सामान्य व्यवसाय गर्नेहरुले भाडा महगो तिर्नु नपरोस् भनेर डा. बाबुुराम भट्टराई अर्थमन्त्री भएको बेलामा ल्याएको नियम हो । त्यो नियम लागुु भएर वार्षिक अरबौ रुपैया राजश्व बृद्धिमा देशलाई काम लागेको छ । तर व्यवसाय गर्ने लक्षित वर्गमा घरबाहाल करले समस्या थपेको छ ।



वास्तविक घरबेटीलाई भने उक्त नियमले छोएको छैन । त्यो घरबेटीले तिर्नुुपर्ने कर घरबेटीले नतिरेर जसले व्यवसाय गर्न चाहेको हो । उसैलाई वडा कार्यलयहरुमा घरबेटीले तिर्न पठाउने गरेकाछन् । वडा कार्यालयहरुले पनि घरबेटीसँग लिनुपर्ने कर बाहालवालाहरुसँग घरबहाल कर सम्झौता कागज खोजेर व्यवसायीहरुलाई तिराउदै आएका छन् । घरबेटीले चै वास्तविक घरभाडा छलेर सामान्य सम्पति कर मात्रै तिर्दै आएका छन् । यस्तो ग्याव हुदा समेत राज्यको निकाय बेखबर जस्तै छ ।

यस्तो चलनलाई कहिले अन्त्य गर्न सकिएला वर्तमान सरकार प्रणालीको विकास गर्नलाई भनेर नै निर्वाचनमा गएको प्रणालीको नै विकास गर्छुु भनेर प्रचारमा लागेको देखिन्छ । तर घरबेटीहरुले लिने भाडादरको कारोबार सवै अनलाईनवाट गर्ने र सोही मुुताविक घरबाहाल कर सोही घरबेटीवाट राजश्व लिने गरी व्यवासाय गर्ने व्यवासीलाई थप व्यायभार हुनवाट रोकेर प्रोत्साहन गर्ने काम गर्नुपर्ने वर्तमान सरकारको दाईत्व देखिन्छ ।

विजुलीमा घरबेटीहरुको मनलाग्दी
नेपाल सरकारले प्रत्येक वर्ष दोहोरो सोधान्तर बृद्धिदर ७ प्रतिशत सम्म प्रक्षपण गर्दै आईरहेको छ । लक्ष्य भने कहिल्यै पुरा भएको छैन । बजार भाउ नियन्त्रणमा राख्ने प्रक्षपण गर्ने गरेको छ । तर बजारमा मूूल्यबृद्धि वार्षिक झण्डै १५ देखि १८ प्रतिशत सम्म हुने गरेको छ । त्यसैगरी महगीको चपेटामा परेका कोठा बाहालमा लिने ग्रहकहरुका लागी घरबेटीहरुले एक युनिट बिजुलीको १५ रुपैयासम्म लिने गरेका छन् । नेपाल विद्युुत प्राधिकरणले ३० युनिट भन्दा मुनि विजुलीको १ युनिट बराबर ९ रुपैया तोकेको छ । उक्त रकम भन्दा झण्डै डब्बल घरबेटीहरुले लिने गरेका छन् ।

यो सरकार धनीहरुको मात्रै सरकार हो की गरिखानै मध्यवर्गीय वा सामान्य जीविकोपार्जन गर्ने सर्वसाधरणको पनि सरकार हो भनेर आम जनताले कुरा उठाइरहेको वेला वर्तमान सरकारले यस्ता कुराहरुमा प्रणालीगत विकास गरेर सुधारका कामहरु थालोस् र सवै नागरिकले बाच्न सहज ढंगवाट बाच्न पाउने वातावरण बनाओस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend