logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ध्रुवराज थापाका सुसेलीहरु


  • जन आकाश
  • आइतबार, असार २१ २०८३

 



सुसेली १
दाइजो प्रथा
हटाउन सकेनौ
मनमा ब्यथा

सुसेली २
कस्ले भनेर
अपराधी भग्ला है
आँखा छलेर

सुसेली ३
गुरु गनेर
शिक्षाऐन पर्खेका
आओस् भनेर

सुसेली ४
ती ब्रह्मचारी
हेर्ने अश्लिल लुकी
कस्ता भिखारी

सुसेली ५
हासेर बाँचौं
आत्मसन्तुष्टि लिई
खुसीले नाचौं

सुसेली ६
स्वच्छ खाएर
दिमाग तिखो पारौं
धेरै पढेर

सुसेली ७
नेपाल बार
देखिएन स्वतन्त्र
दलको भार

सुसेली ८
सेटिङ्को जालो
च्यातेर लौ नफ्याँके
हुदैन भलो

सुसेली ९
वरिष्ठ बुढो
पदमात्रै ओगट्छ
कुहियो मुढो

सुसेली १०
धुजा पारेर
गर्नैपर्छ विकास
जालो च्यातेर
ध्रुवराज थापा काभ्रे, पनौतीका निवासी हून् । हालः कपन, काठमाडौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend