logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुसेली फाउण्डेशनले भानुको सम्झना गरयो


  • जन आकाश
  • आइतबार, असार २१ २०८३

काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही मिति २०८२ असार १९ गते शुक्रबार वरिष्ठ कवि कलानिधि दाहाल विशिष्ट अतिथि रहेको एकासीयौँ कार्यक्रममा असार र भानु सम्बन्धित सुसेली वाचन र गायन सम्पन्न गरेको छ । कार्यक्रम फाउन्डेसनकी संस्थापक सल्लाहकार, संरक्षक चन्द्रा न्यौपानेले सुसेलीबाट स्वागत गर्दै सञ्चालन सुरुवात गरेकी थिइन ।



२२ जना कवि साहित्यकारहरूको उपस्थितिमा सञ्चालित असार र भानु जयन्ती विशेषको सुसेली वाचन र गायनको कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले विभिन्न लयमा मीठा सुसेली सिर्जना गरी सुुनएकामा संक्षिप्त टिप्पणी सहित खुसी व्यक्त गर्दै, सुसेलीमा कविताले मागेका सबै रस र भाव व्यक्त गर्न सकिने कुरा बताउँदै, आफूले रचना गरेका विषयगत सुसेली गाएर सुुनाएका हून् ।

असार तथा भानु जयन्ती विशेष सुसेली गायन र वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा चन्द्रावती अधिकारी, द्वारिका कुइकेल, जानुका थापा, सुरेशचन्द्र घिमिरे, विश्वनाथ ढुंगेल, पवनकुमार बुढाथोकी, विमल अर्याल, कल्पना भट्टराई अधिकारी, प्रमोद नेपाल, कल्पना दाहाल, वासुदेव ठकुरी, डिल्लीप्रसाद मूलतिहुन, रामशरण न्यौपाने, चेवन बस्नेत ठूलाघरे, विमला ढकाल, धुर्वराज थापाले सम्बन्धित विषयमा सुसेलीहरू गाएर सुुनाएका थिए ।

अन्त्यमा सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष सभापति दुर्गा अधिकारी भमरकोटेले सुसेलीको यो एकासीयौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend