जन आकाश
काठमाडौ । सुख शान्ति मिडियाको सभाहलमा साहित्यकार लव जाेशीकाे कविता कृति जुलुसकाे विमर्श र साेही सङ्ग्रह भित्र रहेकाे शीत नाटक देश परदेशकाे मञ्चन सम्पन्न भएकाे छ ।
आधुनिक साहित्य परिषदका अध्यक्ष मुरलीप्रसाद ढकालकाे सभापतित्वमा, आगाे काव्य विधाका परिकल्पना कार दीर्घबहादुर चन्दकाे प्रमुख आतिथ्यता , यसैगरि सुसेली काव्यविधाका परिकल्पनाकार दुर्गा अधिकारी भमरकाेटे , वरिष्ठ साहित्यकार छवि वैरागी घिमिरे, वरिष्ठ साहित्यकार चन्द्रा न्याैपाने , समीक्षक गाेंगबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइकेल रहेको सभामा स्वागत मन्तव्य शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष प्रथम ईश्वर कृष्णबहादुर के.सीले राखेका थिए ।
कार्यक्रम समुद्घाटनपछि शीत नाटक देश परदेशकाे मञ्चन गरिएकाे थियाे कलाकारहरू रामकृष्ण रिजाल र सराेज धमलाले अभिनय गरेका थिए ।
जुलुस कविता सङ्ग्रह भित्रका कविताहरू उपस्थित सबैले वाचन गरेका थिए भने गीति शैलीमा समीक्षा द्वारिका कुइकेलले कलात्मक ढंगवाट प्रस्तुत गरेकी थिइन । मन्तव्यकाे क्रममा साहित्यकार लव जाेशीले याे कार्यक्रमले मलाई भावुक र अझ जिम्मेवार बाेध थपिदिएकाे धारणा राााााअ थिए ।
प्रमुख अतिथि दीर्घबहादुर चन्दले जुलुस कृति विद्राेहभित्र सुशासन र नैतिकता सिकाउने उत्कृष्ट कृति रहेकाे बताए।
कार्यक्रममा शुशीला अधिकारी, सरोज जोशी, सरस्वती अर्याल, महेन्द्र थापा मगर, राेजकुमारी थापा,सीता सुवेदी, कमला भण्डारी ,वासुदेव ठकुरी, राजेन्द्र गिरी गुन्द्रुके जादुगर, सत्यनारायण ढकाल,रेखा महर्जन , किरण बस्नेत ,ज्ञानेन्द्रकुमारी भण्डारी ,गीता अर्याल ,कमलादेवी सिम्खडा, पार्वती घिमिरे पाैडेल, नवीन घिमिरे,सुनिता बुढाथोकी सबैले रचना वाचन गरेका थिए ।
कार्यक्रमका सभापति मुरलीप्रसाद ढकालले उपस्थित सम्पूर्णलाई आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए। कार्यक्रमकाे सञ्चालन डा. ध्रुव गजुरेलले गरेका हुन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend