logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मोडल यादव कार्कीको नयाँ गीत “तिमीले छोडेपछि” सार्वजनिक


  • जन आकाश
  • आइतबार, साउन ३ २०८३

काठमाडौं। नेपाली गीत–संगीत क्षेत्रमा उदाउँदै गरेका मोडल यादव कार्की र चेतना काफ्लेको अभिनय रहेको नयाँ गीत “तिमीले छोडेपछि” सार्वजनिक गरिएको छ। उक्त गीत दामी क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



गीतमा विक्रम मणि कार्कीको शब्द, उमंग लामाको संगीत तथा अमर मेवाहाङको स्वर रहेको छ। गीतको निर्देशन चर्चित निर्देशक दिनेश कार्कीले गरेका हुन्। छायांकन अनिल पराजुली र सम्पादन सनम तामाङले गरेका छन्।

गीतको भिडियोमा यादव कार्की, चेतना काफ्ले र गणेश क्षेत्रीको आकर्षक अभिनय देख्न सकिन्छ। प्रेम, बिछोड र दुई जोडीबीचको माया–प्रीतिको भावलाई गीतले मार्मिक रूपमा प्रस्तुत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend