logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्युठानका जोगेन्द्र विश्वकर्माको नयाँ तीज गीत सार्वजनिक


  • जन आकाश
  • सोमबार, साउन ४ २०८३

काठमाडौं । लोकगायक तथा अभिनेता जोगेन्द्र विश्वकर्माको नयाँ तीज गीत सार्वजनिक भएको छ। परम्परा, मौलिकता र सामाजिक यथार्थलाई समेटेर तयार गरिएको गीत शुक्रबार उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



प्युठान नगरपालिका–९, मरन्ठाना गुरिगाउँका विश्वकर्माले पछिल्लो समय तीज गीतमा बढ्दो आधुनिकताको प्रभावबीच मौलिक संस्कृति र परम्परालाई जोगाउने उद्देश्यले नयाँ सिर्जना ल्याएको बताए। उनका अनुसार गीतले मनोरञ्जनसँगै नेपाली समाज, संस्कृति र संस्कारलाई पनि उजागर गर्ने प्रयास गरेको छ।

लोकगायन र अभिनय दुवै क्षेत्रमा सक्रिय विश्वकर्माले थुप्रै लोक तथा आधुनिक गीतमा स्वर दिइसकेका छन् भने विभिन्न म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन्। उनले आगामी दिनमा पनि मौलिक र सामाजिक विषयवस्तुमा आधारित सिर्जनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend