logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौंको नयाँ बसपार्कस्थित होटलमा एक जना युवतीको हत्या


  • जन आकाश
  • सोमबार, साउन ४ २०८३

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवतीको हत्या भएको छ।नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव आइतबार फेला परेको हो।



जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनको हत्या भएको बताए।गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

मृतक निशा सुनार कैलाली धनगढी उपमहानगरपालिकाकी हुन्। उनको हत्यामा संलग्नको प्रहरीले खोजी गरिरहेको छ।
शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend