जन आकाश
यतिवेला स्पष्ट बहुमत सहित सरकार छ । त्यसको नेतृत्व नेपालका प्रधानमन्त्री बालेन्द्र शाह वालेनले गर्दै आएका छन् । उनले २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेद्धारको रुपमा काठमाडौ महानगरपालिकामा गरेको नतिजामुखि कामले देश–विदेशमा चर्चा भएको थियो त्यही चर्चा र विश्वासको आधारमा अवको प्रधानमन्त्री बालेन्द्र शाह भनेर धेरै नेपालीहरुले भन्न थालेर जनताको आकांक्षा भएकै कारण २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मानै भयो महानगरको मेयर पदवाट राजिनामा दिएर संसदमा निर्वाचन जितेर बालेन्द्र शाह सदनमा पुगेर प्रधानमन्त्री भएका हुन् । अहिले सरकारले दिर्धकालीन रुपमा गर्न लागेका कामहरु जनताले थाहा पाएका छैनन् । तत्कालै लागुहुने करको दायरा र कर्मचारीको तलवभत्ता लगायत सार्वजनिक भएका विषयहरु मात्रै सार्वजनिक भएका छन् ।
त्यसकारण सरकारले के गर्दैछ । यो सरकार जनता र देशको पक्षमा छकी छैन । कतै नेपाली जनता र नेपाल देशको बिरुद्धपो काम गर्दै छैन ? भन्ने जस्ता थुप्रै खालका प्रश्नहरु उठ्न थालेका छन् । यि प्रश्न उठाउनेहरुले यथार्थमा बुझेर उठाएका प्रश्नहरु भने होइनन् । उनिहरुले केही आधार मानेर गरिएका आशंकाहरु हून् । यस्ता आशंकाहरुलाई प्रष्ट पार्नुपनि सरकारको दाईत्व हो । सरकारले सुकुम्बासीहरुको बास उठायो भनेर हल्ला गर्नेहरुले सुकुम्बासी नै भएका नागरिकको हकमा केही अफ्ठ्यारो भएपनि बषौदेखि खोलाको किनारमा अस्तव्यस्त रुपमा बस्दै आएका नागरिकलाई अर्को बिकल्प दिन सरकार प्रतिबद्ध छ भनेर सरकारले गरेको प्र¥यासलाई समाजमा सञ्चारमा नआउदा समस्या भईरहेको छ । सामाजिक सञ्जाल नेपालको सन्दर्भमा आजपनि विश्वसनीय भईसकेको छैन । यस्ता विषयमा पनि सरकारले प्रष्ट पार्नेगरी सरकारले सुकुम्बासीको लागी के के गर्दैछ । काम कति भयो कति समयसम्म सावधान गर्न सकिन्छ जस्ता विषयहरु सरोकारवालाहरुलाई विश्वसनीय सञ्चार माध्यमहरु मार्फत जानकारी दिदै लैजानुपर्छ ।
सरकारले नियत राम्रो राखेर काम गर्दै जादा कहिलेकाही आम मानिसमा प्रष्ट पार्दै लान सकिएन भने नागरिकहरुमा आशंका फैलाउने केही समूह विपक्षहरुले खेल्न सक्छन र पछि प्रष्ट्याउने समय खोज्दा समय ढिलो भईसकेको हुन्छ । त्यसकारण सरकारले गरेका र गर्न लागेका कामहरु जति सार्वजनिक गर्न मिल्ने जति सार्वजनिक गर्दै लैजानुपर्छ ।
समाजमा उठेका बिभिन्न खालका हल्ला आशंकाहरुलाई समयमानै सावधान गरेर लैजान सक्नुपर्छ । तव मात्र सरकारले सोचेजस्तो ढंगवाट आम जनताको विश्वास साथ समर्थन पाउछ र सोचेको लक्ष्यमा पुग्नलाई सजिलो हुन्छ । सरकारले देश र जनताको पक्षमा थालेको लक्ष्य प्राप्त भयो भने मात्रै उन्नति प्रगति हुन्छ । त्यसैले यो समाजमा सरकारप्रति बढ्दै गएको आशंकालाई हटाउने काम सरकारले चाडै गरोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend