logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सरकारले जिडिपीको थोरैमा १ प्रतिशत बजेट छुट्याउनुपर्छः मन्त्री पुन


  • जन आकाश
  • शुक्रबार, साउन ८ २०८३

विनोद कार्की



काठमाडौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा जन आकाश मिडियाका अध्यक्ष मोहन कार्की र इनोभेशन अफ टेक्नोलोजीका अध्यक्ष तथा आईटी ईन्जिनियर बीरेन्द्र श्रेष्ठले यहि मितिः २०८३ असार ६ गते मन्त्रालयमा भेटघाट गरेका थिए । भेटका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले यो मन्त्रालय भरर्खरै स्थपना भएको र यसको कानून बनाउन नै ४ महिना लाग्ने अन्तराष्ट्रियस्तरमा आएको नव प्रवर्तन गर्नको लागि नेपालले अनुसन्धानमूलक क्षेत्रमा बजेट छुट्याउनुपर्नेमा जोड दिएका थिए । “ अहिले नेपालमा नव प्रवर्तनको लागी खासै बजेट पनि नछुट्याएको कर्मचारीलाई पुग्ने बजेट मात्र छुट्याएर विज्ञान र प्रविधिको क्षेत्रमा विकास हदैन । कमसेकम पनि नेपाल सरकारले जिडिपीको थोरैमा १ प्रतिशत बजेट छुट्याओस् भन्ने मेरो प्रस्ताव हो ।

मेरो प्रस्तावमा सदनमा विज्ञान प्रविधि शाखालाई स्तरउन्नती गरेर लानुपर्छ भनेर नै अहिले विज्ञान प्रविधि नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो । मैले थाहा नपााएको भए त यो पहिला भएको मन्त्रालयनै घरेलु उद्योगमा गाभ्न लागेको रहेछन् । मैले थाहा पाएर सदनमा आवाज उठाए त्यसपछि मैलेनै पहल गरेर यो मन्त्रालय स्थापना गरेको हो । यस मन्त्रालयलाई आउदो दिनमा विकास गर्दै विश्वमा आएको प्रविधिहरुसँग नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने खालको बनाउन सकिन्छ । गर्दै जानुपर्छ आजको भोली हुदैन ।”

ईन्जिनियर बीरेन्द्र श्रेष्ठले म १० वर्ष वेलायतमा मोवाईल टे«निङ दिएर नेपाल फर्केको र हाल ८ वर्षदेखि निरन्तर रुपमा नेपालकै युवाहरुलाई रिप्यारिङको सीप सिकाएर रोजगार पुु¥याउदै आएको बताए उक्त प्रसंगमा कुरा गर्दै मन्त्री पुनले ३५ वर्ष अगाडी म पनि अमेरिका गएर नेपाल फर्केको हु मेरो पहिला कानदेवस्थानमा अफिस खोलेको थिए । पछि ठाउहरु खोज्दा भाडा महगो भएको र ठाउँपनि खाली नपाएको हुनाले किर्तिपुरमा पछि सारेको अनुभव बताए ।

झण्डै १ घण्टाको भेटघाटमा जन आकाश मिडियाका अध्यक्ष तथा समाजसेवी मोहन कार्कीले नेपालमा कृषि–पर्यटन–जलविद्युुत क्षेत्रमा गर्न सकिने सम्भावनाको वारेमा मन्त्रीसँग जिज्ञासा राखेका थिए ।

नेपालमा पनि विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकिने थुप्रै सम्भावनाहरु रहेका छन् । अहिलेको स्पष्ट बहुमत भएको सरकारले काम गर्न चाहेको खण्डमा यि कामहरु गर्न सक्ने आधारहरु रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend