जन आकाश
काठमाडौं । वीरगन्जको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ भने चिकित्सकले काठमाडौँमा प्रदर्शन गरेका छन्।
बुधबार नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सक तथा स्वास्थ्यकर्मीले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। कार्यस्थलमा सुरक्षित बातावरण हुनुपर्ने माग राख्दै चिकित्सक प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनमा उत्रिएका चिकित्सकले वीरजन्जस्थित नारायणी अस्पतालका चिकित्सक डा। प्रमोद राममाथि कुटपित गर्ने व्यक्तिलाई कारबाहीको माग गरेका छन्। त्यससँगै वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको पनि चिकित्सकले विरोध गरेका छन्।
उनीहरूले मंगलबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द्य गरेका छन्। सेवा बन्द हुँदा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, फलोअपमा अस्पताल पुगेका बिरामी मर्कामा परेका छन्।
यही घटनालाई लिएर नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामुहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई सजाय नदिएको भन्दै चिकित्सकले सामुहिक राजीनामा बुझाएका हुन्। नारायणी अस्पतालमा साउन ९ गतेदेखि नै सेवा सेवा बन्द रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend