जन आकाश
जयराम बिडारी
काठमाडौँ। स्रस्टा पदयात्रा टोलीको प्युठान भ्रमणको सिलसिलामा तैयार पारिएको पुस्तक ‘स्रष्टाकोआँखामा प्यूठान’ काठमाडौं र प्युठानबाट एकै समयमा विमोचन गरिएको छ ।
ओखरकोट पर्यटन एवं ग्रामीण बिकास समिति प्यूठानको आयोजनामा शनिबार बागबजारस्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि पुस्तकको विमोचन गरिएको हो । त्यसैगरी समितिकै आयोजनामा शनिबार प्यूठानको बाग्दुलामा समेत सोही समयमा पुस्तकको विमोचन गरेको थियो ।
काठमाडौँमा आयोजित कार्यक्रममा मञ्चासीन अतिथिहरूद्वारा संयुक्त रुपमा ‘स्रष्टाको आँखामा प्यूठान’ पुस्तक लोकार्पण गरिएको थियो । स्रष्टा पदयात्रा नेपलको २०८२ जेठ महिनामा सम्पन्न गरेको ९४औं पदयात्रामा सहभागी २८ मध्ये २७ जनाको संस्मरणमूलक कृतिलाई ओखरकोट पर्यटन समितिले प्रकाशन गरेको हो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्व, प्रगतिवादी साहित्यकार एवं अग्रज राजनीतिज्ञ मोहन विक्रम सिंहलाई स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीद्वारा ढाका टोपी र दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको थियो।
सो अवसरमा सम्मानित व्यक्तित्व सिंहद्वारा आफ्नो भनाइ राख्दै सामाजिक, सांस्कृतिक, राजनैतिक वा साहित्यिक अभियानका क्रममा काम गर्दा पनि माटोवादी भएर कार्यक्रम तय गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
कुनै बेला सदरमुकामका रूपमा रहेको बन्दीपुर समयका क्रममा सुनसान र उजाड जस्तो भएपछि बन्दीपुरवासी अथवा त्यहाँबाट स्वदेश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नेहरूले चलाएको अभियानले बन्दीपुरले पुनर्जीवित हुने मौका पाए जस्तै आजको दिनमा प्युठानवासीहरूले पनि आफ्नो मातृभूमिप्रतिको माटोलाई माया गर्नुपर्ने र आफ्नो गाउँघर सम्झिनुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
सिंहले समग्र प्युठानको विकासका लागि ओखरकोट पर्यटन एवं ग्रामीण विकास समितिले सन्तोषजनक कार्य गरेको बताउँदै स्रष्टाको आँखाबाट प्युठान प्रकाशन सोही कर्मको उत्कृष्ट उपलब्धि रहेको समेत बताएका थिए ।
प्रकाशित कृति ‘स्रष्टाको आँखामा प्युठान’ का बारेमा कार्यक्रमका संयोजक तथा सोही कृतिको सम्पादक डा. बालचन्द्रमिश्रद्वारा समीक्षात्मक रुपमा प्रस्तुत गरिएको थियो । पदयात्रा संयोजनदेखि पुस्तक प्रकाशनमा समेत अहं भूमिका निभएका डा. मिश्रका अनुसार २७ वटा शीर्षकमा ९ वटा समूह बनाई कार्यविभाजन गरिएको र सोही आधारमा प्राप्त प्रतिवेदन तथा लेखहरूलाई विभिन्न चरणमा परिमार्जन एवं सम्पादन गरेपछि मात्र पुस्तकले वर्तमान रूप पाएको जानकारी गराए ।
आफ्नो पदयात्रा र अध्ययनका क्रममा हासिल भएका अनुभवहरूको उल्लेख गर्दै डा. मिश्रले त्यसको छुट्टै कृति तयार हुँदै गरेको बताउँदै मोहन विक्रम सिंहको आत्मवृत्तान्तका साथै डिल्लिराज अर्याल र बासुदेव पौडेलका प्युठान सम्बद्ध खण्डकाव्य सहित अन्य ४–५ वटा पुस्तकहरू पनि प्रकाशनको अन्तिम चरणमा रहेको जानकारी गराइएको थियो । सोही क्रममा मिश्रद्वारा पुस्तकको समग्रमा साङ्गोपाङ्ग समीक्षा प्रस्तुत गर्दै कृतिको विशेष महत्त्वमाथि जोड दिइएको थियो ।
कार्यक्रममा प्युठान र पर्यटन तथा सम्मानित व्यक्तित्वका बारे वासु पोखरेलद्वारा प्रकाश पारिएको थियो । ओखरकोट पर्यटन तथा ग्रामीण विकास सेवा समिति प्युठानकी संस्थापक अध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष दुर्गा पौडेलद्वारा मन्तव्यका क्रममा जन्मभूमिलाई माया गर्नुपर्ने बताइएको थियो । प्रगतिशील नेता मोहन विक्रम सिंहको सोचबाट प्रेरित भई उनकै परिकल्पना अनुसार ओखरकोट ग्रामीण पर्यटन विकास समितिले बुकलेट/पुस्तिका निर्माण गरी पर्यटनका नयाँ सम्भावनाको ढोका उघारेको उल्लेख गरिन् । सामान्यतया पर्यटन बोर्डको मान्यता अनुसार यस्तो गहन अध्ययन र अनुसन्धानका लागि करोडौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहने तर, ओखरकोट पर्यटन ग्रामीण विकास सेवा समितिले अत्यन्त न्यून खर्चमा नै ५१८ पृष्ठको बृहत् पुस्तक प्रकाशन गर्न सफल हुनु निकै प्रशंसनीय र चामत्कारिक कार्य रहेको पौडेलले बताइन् ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै घुम्ती कवि गोष्ठीका अध्यक्ष माधवलाल श्रेष्ठले आफू इन्डोनेसिया भ्रमणमा जाँदा देखेका आधारमा त्यहाँको कृषि पर्यटनको महत्त्व र सम्भावनाबारे चर्चा गरे । उनले नेपालले पनि सोही मोडल अवलम्बन गर्न सके पर्याप्त लाभ लिन सकिने विचार व्यक्त गरे । अध्यक्ष श्रेष्ठले यस्ता गुणात्मक रूपमा प्रकाशित कृतिले आन्तरिक पर्यटनका विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै कृति सफलताका लागि शुभकामना व्यक्त गरे । सोही क्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ ले २०४३ सालमा आफूले तत्कालीन भूमिगत नेता मोहन विक्रम सिंहलाई भेट्न नपाएको प्रसङ्ग स्मरण गर्दै आज उनै नेतासँगै मञ्च साझा गर्न पाउँदा खुसी व्यक्त गरे । घिमिरेले ‘स्रष्टा पदयात्रा नेपाल’को सहकार्यमा गोकर्णेश्वर नगरपालिकाले पनि यस्तै महत्त्वपूर्ण पुस्तक प्रकाशित गरिसकेको उल्लेख गर्दै यस्ता अनुसन्धानात्मक पुस्तकहरूले स्थानीय मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दै शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा कवि शारदा पराजुलीले स्वर्गद्वारीका विषयमा झ्याउरे छन्दमा लिखित कविता वाचन गरिन् , भने शान्ति सापकोटाले डिल्लिराज अर्यालको प्युठानका बारेमा रचित कविता वाचन गरिन् । सोही क्रममा प्युठानका स्थानीय समाजसेवी तथा साहित्यकार हुकुमबहादुर जिसीले स्रष्टा पदयात्रा नेपालको प्यूठानसंग जीवित सम्बन्ध बाँचिरहोस् भनि शुभकामना व्यक्त गरे ।
शुभकामना मन्तव्यकै क्रममा लुम्बिनी प्रदेश सांसद तारा थापाले आन्तरिक तथा बाह्य पर्यटनको अभिवृद्धिका लागि स्वर्गद्वारीमा जस्तै प्रदेश सरकारको योजनामा गौमुखीमा पनि यात्रुहरुका लागि बसोबासको प्रवन्ध गर्न लागिएको जनाउँदै ‘स्रष्टाका आँखामा प्युठान’ कृतिले पर्यटनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend