जन आकाश
काठमाडौ । वर्षाका कारण नारायणघाट(मुग्लिन) सडक खण्डमा यातायात सेवा अवरूद्ध भएको छ। सडकमा ढुंगा र लेदो खसेका कारण बिहान साढे ८ बजेदेखि सवारी आवागमन एकतर्फी बनेको हो।सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला र नाम्सी खोलामा सडकमाथिबाट ढुंगा खसेको छ।
त्यस्तै सिमलतालमा लेदोसहितको पहिरो खसेको छ।ढुंगा र लेदोसहितको पहिरो हटाउन सडक डिभिजनको उपकरणहरू परिचालन गरिएको छ।
थप पहिरो नखसे सडक दुईतर्फी नै सञ्चालनमा आउन करिब एक घन्टा लाग्ने सडक डिभिजन भरतपुरले जनाएको छ।
यद्यपि पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न डिभिजनले सुझाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend