जन आकाश
काठमाडौं । सिन्धुलीको फिक्कलबाट यात्रुसहितको कार सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ।मध्यपहाडी राजमार्गमा पर्ने फिक्कल गाउँपालिका(२) नवलपुरबाट सोमबार बिहान साढे ११ बजेतिर कार सुनकोशी नदीमा खसेको हो।
कारमा कति यात्रु सवार थिए, यकिन भइसकेको छैन। कार नम्बर पनि नखुलेको प्रहरीले जनाएको छ। तर, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले कारमा तीन चार जना यात्रु सवार रहेको सूचना आएको बताए।
‘हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी सिंहले नेपालखबरसँग भने, ‘कार नदीमा पूरै डुबेको जानकारी हामीलाई आएको छ। थप अनुसन्धान हुँदैछ।’
ओखलढुंगाबाट काठमाडौँतर्फ आउँदै गरेको कारण सुनकोसीमा खसेको अनुमान प्रहरीले गरेको छ। सुनकोसीमा कार खसेको सूचना आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिए।
बसको ठक्करबाट कार नदीमा खसेको भनेर प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका श्रेष्ठले बताए।
नदीमा खसेको कारसँगै बस नम्बरसमेत खुल्न बाँकी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend