जन आकाश
काठमाडौं । नेपाल शिक्षक महासंघले विगतमा भएको सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघको साउन १६ र १७ मा बसेको परिषद् बैठकले सहमति कार्यान्वयन नभए भदौ महिनामा आन्दोलन गर्ने निर्णय गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग सम्बोधन नभए विगतभन्दा ठूलो सहभागितासहित सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शिक्षा नियमावलीमा असन्तुष्टि जनाउँदै अध्यक्ष सुवेदीले सरकारले विगतमा आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने बताए। ‘थप छलफल गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गछौँ,’ उनले भने।
शिक्षकले २०८१ चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए। उनीहरूको आन्दोलन २९ दिनसम्म चलेको थियो। त्यसपछि २०८२ वैसाख १७ गते सरकारले शिक्षक महासंघसँग नौँ बुँदे सहमति गरेको थियो। तर, एक वर्ष नाघिसक्दा पनि सरकारले सहमति अनुसार शिक्षा ऐन नल्याएको भन्दै शिक्षकले फेरि आन्दोलनमा जाने निर्णय गरेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend