जन आकाश
काठमाडौं । अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग सरकारले वार्ता सुरु गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा केहीबेर अघिबाट वार्ता सुरु भएको हो ।
स्वास्थ्य मन्त्रालयको सचिवालयका अनुसार वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् ।
मन्त्रालयको तर्फबाट स्वास्थ सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा.संगीता मिश्रका साथै मन्त्रीका प्रमुख सल्लाहकार र कानुन शाखाका प्रतिनिधिहरू सहभागी छन् ।
वार्तामा रानाभाटले उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनकराी दिएको छ ।
नर्स रानाभाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(वीर अस्पताल) मा नर्सिङ विषयमा स्नातकोत्तर गर्दैछिन् १५ बुँदे माग राखेर उनी शनिबारदेखि अनसन बसेकी थिइन् ।
रानाभाटले सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्स र मिडवाइफका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न माग गरेकी छिन् । यसका साथै सम्मानजनक सेवा–सर्त, पर्याप्त दरबन्दी, श्रम शोषणको अन्त्य, जोखिम भत्ता, सार्वजनिक बिदा तथा विभेदकारी कानुनी व्यवस्था संशोधन लगायतका माग राखेकी छिन् ।
१४ साउनदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशनरत रानाभाटलाई शनिबार वीर अस्पताल भर्ना गरिएको थियो । रक्तचाप र सुगरको मात्रा अत्यधिक घटेपछि आइतबार क्याबिनबाट आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend