logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

ब्रोड पिक हिमपहिरोमा मृत्यु भएका आरोहीको उद्धार अझै चुनौतीपूर्ण


  • जन आकाश
  • मंगलबार, साउन १९ २०८३

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्य आरोहीको शव संकलनमा ढिलाइ भएको छ। विश्व पर्वतारोहण इतिहासमै बेग्लै पहिचान बनाउन सफल निम्सदाइसहित अन्य आरोहीको मृत्यु भएको पुष्टि भइसके पनि शव संकलन हुन सकेको छैन।



विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक ९८,०४७ मिटर० को क्याम्प–३ भन्दा केही तल गएको भीषण हिमपहिरोमा परी निम्सदाइ र ६ नेपाली आरोहीसहित १० जनाले ज्यान गुमाएका थिए। आरोहीहरूको शवलाई आधार शिविर ९बेस क्याम्प० सम्म ल्याउन प्रतिकूल मौसम, कठिन भौगोलिक बनावट र पाकिस्तानको विशिष्ट उद्धार प्रक्रियाका कारण ढिला भएको देखिन्छ।

ब्रोड पिकको खोँचमा अड्किएका शवहरू निकाल्नका लागि मुख्य बाधक काराकोरम क्षेत्रको लगातार बिग्रिरहेको मौसम बनेको छ। हिमालको माथिल्लो क्षेत्रमा निरन्तर भइरहेको भारी हिमपात, तीव्र गतिको हावा र कम भिजिबिलिटीका कारण उद्धार उडानका लागि आधार मानिने ‘लङलाइन’ प्रविधि चलाउन समस्या रहेको सगरमाथा आरोही तथा चर्चित माउन्टेन गाइड पेम्बा शेर्पाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend