जन आकाश
काठमाडौं । कर्मचारीको दरबन्दी कटौती गर्न नहुने भन्दै जलस्रोत तथा सिँचाइ विभागमा सब,इन्जिनियरहरू धर्ना बसेका छन्। जनशक्ति दरबन्दी कटौतीले सेवा प्रवाह, विकास निर्माण, आयोजना सञ्चालन अनुगमन तथा गुणस्तरीय कार्यसम्पादनमा गम्भीर असर पर्ने उनीहरूको तर्क छ।
विभागमा कार्यरत सब इन्जिनियर मनुकुमार बैठाले सब इन्जिनियरको १६७ को दरबन्दीमा ६० मात्रै बाँकी राखेर अरू कटौती गर्न लागेको बताए। यति ठूलो संख्यामा सब इन्जिनियरहरूको कटौतीले आयोजनामा असर पर्ने उनीहरूको भनाइ छ। दरबन्दी यथावत राख्न माग गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend