जन आकाश
काठमाडौ ।तारकेश्वर ८, मा अवस्थित सहदेव ड्राइभिङ सेन्टर राता साडी लगाएका दिदीबहिनीले भरिएकाे थियोे । तीजको झल्को आउने गरि दिदीबहिनीहरूकाे लर्काे देख्दा स्थानीयहरू समेत दङ्ग थिए ।
त्यहाँ त तीजगीतकाे भव्य छायांकन रहेछ । प्रतिभाशाली खैजडी भजनकी गुरु उमा बिडारीकाे शब्द र लयमा तयार पारिएकाे तीज गीतमा उमा बिडारीकै स्वर अनि स्वरमा काेरस दिने आफ्नै दिदी बहिनी गाेमा बिडारी र रमा बिडारी आहा कस्तो मिलेकाे मन र रुचि ।
यसै गरि अभिनय गरेका थिए बिडारी चेलीका छाेरीहरूले । आमाहरू गाउने, निर्माण गर्ने छाेरीहरू अभिनय गर्ने । हुन त बिडारी परिवार नै साँगितिक परिवार हाे । आमा भगवती बिडारी आफैमा चर्चित भजन गायिका हुन् । उमा विडारीकाे युट्युव च्यानलमा चाँडै याे तीज गीत सार्वजनिक हुँदैछ । हुन त उमा बिडारी अर्को तीज गीत झझल्को भाइकाे सुख शान्ति मिडिया मार्फत प्रसारण भइसकेकाे छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend