logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक


  • जन आकाश
  • बुधबार, साउन २७ २०८३

काठमाडौ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक  गरेकाेछ  उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना भएकाे नाईमा अटो एक्स्पोमा  २ वटा बस सार्वजनिक गरेकाे हाे।



डोङफेङ  (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ। पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरिरहेको छ।

डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ। हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएका छन्।

हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुप अन्तर्गत रहेको MAXUSकम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ। उक्त अटो एक्स्पोमा ७.२ मिटरका २६ देखि ३० सिट क्षमताका बसहरू सार्वजनिक गरेकाे  छ भने निकट भविष्यमा नै यसै कम्पनीका ३८ र ५२ सिट क्षमता भएका ९ र १२ मिटरका बसहरू पनि कम्पनीले नेपाल ल्याउन लागेको कम्पनीका डाइरेक्टर सुवास शर्माले   जानकारी दिएका हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend