जन आकाश
काठमाडौं । मोडल तथा कलाकार यादब कार्कीको अभिनय रहेको नयाँ गीत ‘फूल भिरैमा’ यही साउन ३१ गते सार्वजनिक हुने भएको छ। मायाँ ,पिरती र मौलिक भावनालाई आकर्षक ढंगले प्रस्तुत गरिएको गीत (sacho online tv) अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर्न लागिएको हो।
गीतमा सुवास खड्का, बिनोद कार्की र शुसिला बिष्टको शब्द रहेको छ । भने लोकप्रिय गायिका शुसिला बिष्ट र सुवास खड्काले स्वर दिएका छन्। प्रेमिल भावनालाई सरल र मिठासपूर्ण ढंगले प्रस्तुत गरिएको गीतको शब्द तथा संगीतले श्रोतालाई सहजै आकर्षित गर्ने अपेक्षा गरिएको छ। विशेषगरी प्रेम र मायाका भावनालाई गीतमार्फत सुन्दर ढंगले अभिव्यक्त गरिएको हुँदा ‘फूल भिरैमा’ पछिल्लो समयका प्रेमिल गीतहरूमध्ये दर्शक–श्रोताको रोजाइमा पर्न सक्ने देखिन्छ।
गीतको भिडियोमा आयुषा राणा मगर, कृति श्रेष्ठ, यादब कार्की र बिनोद कार्कीको अभिनय रहेको छ। भिडियोमा मायाप्रेमका रमाइला तथा आकर्षक दृश्यहरू समेटिएका छन्। कलाकारहरूको अभिनय, गीतको भावअनुसारको दृश्य संयोजन र प्रेमिल प्रस्तुतिले भिडियोको सौन्दर्य थप बढाएको निर्माण पक्षको दाबी छ।
भिडियोको निर्देशन अर्जुन कटुवालले गरेका हुन्। गीतको भाव, कलाकारहरूको अभिनय र दृश्य प्रस्तुतिलाई एकसाथ जोडेर तयार पारिएको भिडियोले दर्शकलाई मनोरञ्जनसँगै प्रेमको मिठो अनुभूति गराउने विश्वास गरिएको छ।
‘फूल भिरैमा’को शब्द, संगीत र स्वरको संयोजनसँगै आकर्षक भिडियो प्रस्तुति यसको मुख्य विशेषता बनेको छ। गीतले प्रेममा रहेका तथा प्रेमको अनुभूति गर्न चाहने दर्शकको मन छुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend