logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

यादब कार्कीको ‘फूल भिरैमा’ गीत सार्वजनिक हुँदै


  • जन आकाश
  • बिहिबार, साउन २८ २०८३

काठमाडौं । मोडल तथा कलाकार यादब कार्कीको अभिनय रहेको नयाँ गीत ‘फूल भिरैमा’ यही साउन ३१ गते सार्वजनिक हुने भएको छ। मायाँ ,पिरती र मौलिक भावनालाई आकर्षक ढंगले प्रस्तुत गरिएको गीत (sacho online tv) अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर्न लागिएको हो।



गीतमा सुवास खड्का, बिनोद कार्की र शुसिला बिष्टको शब्द रहेको छ ।  भने लोकप्रिय गायिका शुसिला बिष्ट र सुवास खड्काले स्वर दिएका छन्। प्रेमिल भावनालाई सरल र मिठासपूर्ण ढंगले प्रस्तुत गरिएको गीतको शब्द तथा संगीतले श्रोतालाई सहजै आकर्षित गर्ने अपेक्षा गरिएको छ। विशेषगरी प्रेम र मायाका भावनालाई गीतमार्फत सुन्दर ढंगले अभिव्यक्त गरिएको हुँदा ‘फूल भिरैमा’ पछिल्लो समयका प्रेमिल गीतहरूमध्ये दर्शक–श्रोताको रोजाइमा पर्न सक्ने देखिन्छ।

गीतको भिडियोमा आयुषा राणा मगर, कृति श्रेष्ठ, यादब कार्की र बिनोद कार्कीको अभिनय रहेको छ। भिडियोमा मायाप्रेमका रमाइला तथा आकर्षक दृश्यहरू समेटिएका छन्। कलाकारहरूको अभिनय, गीतको भावअनुसारको दृश्य संयोजन र प्रेमिल प्रस्तुतिले भिडियोको सौन्दर्य थप बढाएको निर्माण पक्षको दाबी छ।

भिडियोको निर्देशन अर्जुन कटुवालले गरेका हुन्। गीतको भाव, कलाकारहरूको अभिनय र दृश्य प्रस्तुतिलाई एकसाथ जोडेर तयार पारिएको भिडियोले दर्शकलाई मनोरञ्जनसँगै प्रेमको मिठो अनुभूति गराउने विश्वास गरिएको छ।

‘फूल भिरैमा’को शब्द, संगीत र स्वरको संयोजनसँगै आकर्षक भिडियो प्रस्तुति यसको मुख्य विशेषता बनेको छ। गीतले प्रेममा रहेका तथा प्रेमको अनुभूति गर्न चाहने दर्शकको मन छुने अपेक्षा गरिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend