logo शुक्रबार, साउन २९ २०८३ | Friday 14th August 2026

विपद्का ४६ सयभन्दा बढी घटनामा २१५ जनाको मृत्यु, सर्पदंश र आगलागीबाट बढी क्षति


  • जन आकाश
  • शुक्रबार, साउन २९ २०८३

काठमाडौं । वैशाखयता देशभर विपद्का ४ हजार ६०८ घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २८ गतेसम्म भएका विपद्का घटनामा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् । विपद्का घटनाबाट ५ हजार ६३८ परिवार प्रभावित भएका छन् ।



प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । १ हजार ९० आगलागीका घटनामा २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् ।

त्यसैगरी ८९२ वटा सर्पदंशका घटना भएका छन् । सर्पदंशबाट ६३ जनाको मृत्यु भएको छ भने ८३७ जना घाइते भएका छन् । ८६२ वटा पहिरोका घटनामा २४ जनाको मृत्यु, ११ जना बेपत्ता र ३५ जना घाइते भएका छन् ।

यस अवधिमा २३७ वटा बाढीसम्बन्धी घटना भएका छन् । बाढीमा परी १८ जनाको मृत्यु, चार जना बेपत्ता र १३ जना घाइते भएका छन् । भारी वर्षाका कारण भएका घटनामा चार जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ ।

यस्तै, ४८० वटा हावाहुरीका घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् । चट्याङका २३६ घटनामा २५ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

जनावरको आक्रमणका २५७ घटना हुँदा १८ जनाको मृत्यु र १३६ जना घाइते भएका छन् ।प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा आगलागी, सर्पदंश, पहिरो, बाढी, हावाहुरी, चट्याङलगायतका विपद्का घटनाबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend