logo शनिबार, साउन ३० २०८३ | Saturday 15th August 2026

रोल्पामा पहिरोको कहर १५ जनाको मृत्यु, दुई बेपत्ता


  • जन आकाश
  • शनिबार, साउन ३० २०८३

काठमाडौं । रोल्पाको पूर्वी क्षेत्रमा लगातारको वर्षापछि गएको पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका पहिरोका कारण शोकमा डुबेका छन्। गत बुधबार थबाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोले एउटा बस्ती नै बगाउँदा ११ जनाको मृत्यु भएको छ। दुई जना अझै बेपत्ता छन् भने दुई जना घाइतेको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



पहिरोमा परी १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८५ वर्षीया हस्तकला रोकामगर, ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगरको मृत्यु भएको हो।

९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर अझै बेपत्ता छन्। घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend