जन आकाश
काठमाडौं । मोडल तथा कलाकार यादब कार्कीको अभिनय रहेको नयाँ गीत ‘फूल भिरैमा’ बोलको गीत सार्वजनिक भएको छ । मायाँ ,पिरती र मौलिक भावनालाई आकर्षक ढंगले प्रस्तुत गरिएको गीत Sacho 0nline Tv अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा सुवास खड्का, बिनोद कार्की र शुसिला बिष्टको शब्द रहेको छ । भने लोकप्रिय गायिका शुसिला बिष्ट र सुवास खड्काले स्वर दिएका छन्। प्रेमिल भावनालाई सरल र मिठासपूर्ण ढंगले प्रस्तुत गरिएको गीतको शब्द तथा संगीतले दर्शकको मन जित्न सफल भएको छ । विशेषगरी प्रेम र मायाका भावनालाई गीतमार्फत सुन्दर ढंगले अभिव्यक्त गरिएको हुँदा ‘फूल भिरैमा’ पछिल्लो समय निकै चर्चामा आउने देखिन्छ ।
गीतको भिडियोमा आयुषा राणा मगर, कृति श्रेष्ठ, यादब कार्की र बिनोद कार्कीको अभिनय रहेको छ। भिडियोमा मायाप्रेमका रमाइला तथा आकर्षक दृश्यहरू समेटिएका छन्।
भिडियोको निर्देशन अर्जुन कटुवालले गरेका हुन्। गीतको भाव, कलाकारहरूको अभिनय र दृश्य प्रस्तुतिलाई एकसाथ जोडेर तयार पारिएको भिडियोले दर्शकलाई मनोरञ्जनसँगै प्रेमको मिठो अनुभूति गराउने विश्वास गरिएको छ गराएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend