logo मंगलबार, भाद्र २ २०८३ | Tuesday 18th August 2026

बाढीपहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, सडकमा यातायात प्रभावित


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सूचना जारी गर्दै विभिन्न जिल्लाका सडक पूर्णरूपमा अवरुद्ध रहेको जनाएको छ।



प्रहरीका अनुसार इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्ति लोकपथ र सिन्धुपाल्चोकमा अरनिको राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएका छन्।

त्यस्तै, रसुवामा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, लमजुङमा बेँसीसहर–मनाङ सडक, मुस्ताङमा जोमसोम–कोरला सडक पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

यसैगरी रुकुमपश्चिममा जाजरकोट–डोल्पा सडक र भेरी करिडोर, तथा मुगुमा नाग्म–गमगढी सडक समेत बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्।

मुख्य सडक तथा राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लाबीचको यातायात प्रभावित भएको छ। सडकमा खसेको पहिरो हटाउने तथा अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend