logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाल आइपुग्यो भारतीय Sierra.ev: नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै !


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौँ भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित Sierra.ev को नेपालमा आधिकारिक आगमन भएको छ।



लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ १० देखि १५ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शो  (NADA Auto Show 2026) मा आधिकारिक रूपमा सार्वजनिक (Launch) हुन लागेकाे छ ।

आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको Sierra.ev नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क इभी मोडल हो। भारतीय बजारमा बिक्री र बुकिङका नयाँ मापदण्ड कायम गरेको यस गाडीले नेपाली विधुतिय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।

नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको Sierra.ev ले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्नेछ। दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका साथ आउँदै गरेको Sierra.ev ले नेपालको इभी क्षेत्रमा नयाँ व्यावसायिक क्रान्ति ल्याउने निश्चित छ।

अटोमोबाइल क्षेत्रको यस महत्त्वपूर्ण माइलस्टोनको साक्षी बन्न तथा Sierra.ev लाई नजिकबाट नियाल्न नाडा अटो शो मा यसको स्टल अवलोकनका लागि काउन्टडाउन सुरु भइसकेको छ।

उक्त कार नेपालको प्रसिद्ध कम्पनी सिप्रदी ट्रेडिङले Sierra.ev ल्याएको हो । यो कारको लन्च हुन नपाउदै धेरैले रुचाउन थालिसकेका छन् । नेपालमा चाईनिज ev कारहरुले आक्रमक बजार विस्तार गरिरहेको बेला भारतीय इभि कारमध्यको सवैभन्दा राम्रो भारतीय Sierra.ev कार नेपालमा प्रतिस्पर्धाको लागि आएको छ । सिप्रदी ब्राण्डिङ हेरिरहेकी अभिरुची गिरीका अनुसार “यस कारले उपभोक्तको मागलाई र सुविधालाई ध्यानमा राखेर निर्माण गरिएको हुनाले भरपर्दो र विश्वासिलो छ ।” उनकाे भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend