logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

टप एन्ड टी–२० सिरिज खेल्न नेपाल ‘ए’ टोली अष्ट्रेलिया प्रस्थान


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ।



१५ सदस्यीय नेपाली टोली सिरिजमा सहभागी हुन गएराति अष्ट्रेलिया प्रस्थान गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलिया जाने टोलीलाई आइतबार नै बिदाइ गरेको थियो।

अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्।भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ।

त्यसपछि नेपालले भदौ ६ गते बंगलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका रहेको छ।

अष्ट्रेलिया भ्रमणले नेपाली युवा तथा वैकल्पिक खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै आगामी प्रतियोगिताका लागि टोलीको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend