logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नाडाले स्वर्ण जयन्ती विशेष बनाइरहेको छः अटो शो सभापति बराल


  • जन आकाश
  • आइतबार, भाद्र ७ २०८३

 



नाडा अटो सोको आफ्नै विशेषता छ यहाँहरुलाई राम्रोसँग थाहा छ हामीले यो पचासौं वर्ष नाडाको ऐतिहासिक स्वडर्ण जयन्ती सेलिब्रेशन गरिरहँदा एउटा संस्थाको लागि पचास वर्ष सानो समय होइन पचास वर्ष संस्थालाई मिलाएर देशभरिका अहिलेको बेलामा यो संस्थाले पञ्चायतदेखि गणतन्त्रसम्म र जिन्जी आन्दोलनसम्म सबै देख्न पायौं र यति राम्रो देशभरिका अटोमोबाइल व्यवसायीहरु सबै एउटै छानामुनि मिलेर बसेको संस्था हो र यसले आज पचासौं वर्षको गरिमा बोकिरहँदा खेरि हामीले गोल्डेन जुब्लीमा अठारौं एडिसन गरिरहेका छौ ।

भदौको नौ गतेदेखि १४ गतेसम्म यो आयोजना हुने नाडा अटो सो नेपालको अग्रणी बहुचर्चित एवं भव्य व्यावसायिक अटोमोबाइल प्रदर्शनी हो र यसले अठारौं संस्करणको नाडा अटो सो दुई हजार छब्बिस यही भाद्रको नौ गतेदेखि १४ गतेसम्म काठमाडौँको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना गरिरहेका छौ र नाडा अटो सो दुई हजार छब्बिसको शीर्ष प्रायोजनमा एचपी लुब्रिकेन्ट्स रहेको छ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित ६ दिनसम्म चल्ने प्रदर्शनीले तीव्र रुपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक सामाजिक एवं व्यावसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने छ नाडाको पचासौं वार्षिक उत्सवको उपलक्षमा यस नाडा अटो सोको अठारौं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रुपमा भव्यताका साथ आयोजना गर्न लागेका छौ ।

यस प्रदर्शनीले विगतमा चाहिँ अटोमोबाइल कम्पनीहरुलाई आफ्ना नवीनतम सवारी साधन प्रविधि उत्पादन तथा सेवाहरु प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारहरुसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ नाडा अटो सोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरुलाई बजारमा उपलब्ध नवीनतम उत्पादन प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास हामी आयोजकले गरेका छौ ।

लगभग तीन लाख स्क्वायर फिट क्षेत्रफलमा आयोजना गरिएको यस प्रदर्शनीमा साना ठूला गरी दुई सय भन्दा बढी स्थलहरु रहने छन् जसमा तेइस वटा ब्रान्डका प्यासेन्जर कार भेहिकल सत्र वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल १३ वटा ब्रान्डका दुईपांग्रे र दस वटा वित्तीय एवं बीमा प्रदायक तथा सत्तरी वटा अटोमोटिभ पार्टपुर्जा एक्सेसरीज टायर लुब्रिकेन्ट्स ग्यारेज उपकरण र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरु प्रदर्शन गर्दैछौ ।

यी स्थलहरुमा नेपालमा एसेम्बल हुने सवारी साधन लुब्रिकेन्ट्स ब्याट्री हेलमेट एवं अन्य सामग्रीहरु समेत रहने छन् र यसैगरी यस अटो सोलाई नजिकबाट नियालेर हामीलाई सधैभरि साथ दिँदै आउनु भएका ग्रहक वर्ग अवलोकनकर्ता साथै साझेदारहरु हामीसँग मिल्दै नै आइरहनु भएको छ । यसपालिको टाइटल स्पोन्सरमा एसपी लुब्रिकेन्ट्स रहेको छ । भने को स्पोन्सर एण्ड इन्स्योरेन्स पार्टनरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, बेभरेज पार्टनरमा क्याम्पा चार्जिंग पार्टनरमा जीआई चार्जर, हस्पिटालिटी पार्टनरमा द प्लाजा, टिके टिङ्ग, खल्ती, बाई आईएमई हाइड्रेशन, पूर्ण वाटर मोबिलिटी, याङ्गो, फायर सेफ्टी हिटको प्राइभेट लिमिटेड, कनेक्टिभिटी वल्र्डलिंक सर्भिसेज, एचआईके भिजन सीसीटीभी नेपाल, अल्का हस्पिटल प्राइभेट लिमिटेड, फूड द बेकरी क्याफे र इभेन्ट म्यानेज्ड बाई ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसिज प्राइभेट लिमिटेड र हामीलाई मिडिया कोअर्डिनेसन ग्लोबल मिडिया र एभरेस्ट एड एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र प्रमुख आकर्षणहरुमा स्वर्ण उत्सव संस्करणको रुपमा सहयोग गर्दै हुनुहुन्छ ।

अर्को आकर्षणको रुपमा जीआई ह्युमनोइड रोबोट एण्ड जीओ टु क्वाड रट रोबोट भविष्यमा यातायात साधनमा आउने प्रविधि विकासको अनुभव दिनको लागि हामीले यसपाली जीआई ह्युमनोइड रोबोट र जीओ टु क्वाड रट रोबोट त्यहाँ देखाउने छौ मेड इन नेपाल एण्ड मेड फर नेपाल प्याभिलियन छुट्टै हुनेछ जहाँ स्वदेशमै उत्पादित सवारी साधन लुब्रिकेन्ट्स ब्याट्री हेलमेट एवं अन्य कम्पोनेन्ट्सहरुको प्रदर्शनी गर्ने छौ प्रोडक्ट लन्चिङहरु विभिन्न ब्रान्डका नयाँ–नयाँ मोडलहरु लन्च हुनेछन् र सिम्पोसियम पनि हुनेछ जसमा स्मार्ट मोबिलिटी र सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित रहनेगरी त्यहाँ टक सोहरु गर्ने छौ सूचना तथा सुरक्षा व्यवस्था सुविधाजनक जोन विभाजन गरिएको छ ।

दुईपांग्रे सवारी साधनहरुलाई छुट्टै प्याभिलियनमा राखिनेछन् । चारपांग्रे सवारी साधनहरुलाई छुट्टै प्याभिलियनमा हुनेछन् । सञ्चारकर्मीहरुको फोकस र कनेक्टिभिटी सहज रुपमा बन्नेछ भने वित्तीय संस्था अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणहरुको छुट्टाछुट्टै प्रदर्शनी हुनेछ टिकट अग्रिम बुकिङ गर्न पाइनेछ ।

खल्ती एपमार्फत अग्रिम खरिदको व्यवस्था गरिएको छ निश्चित अवधिका लागि पचास प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ मिडिया डेस्क संचारकर्मी साथीहरुको समन्वयका लागि मिडिया डेस्क छुट्टै प्रबन्ध गरिएको छ र ट्राफिक सूचना डेस्क छुट्टै व्यवस्था गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी को सहकार्यमा र साझेदारीमा क्याफेटेरियामा द बेकरी क्याफे, उपलब्ध हुनेछ पार्किङ व्यवस्था नेपाल पुलिस क्लबको ब्लु प्याभिलियन अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबार स्थित नेसनल ट्रेडिङको परिसरमा समेत पार्किङको व्यवस्था मिलाइएको छ ।

सटल सर्भिस त्यहाँबाट आउन चाहनेहरुको लागि सटल सर्भिसको व्यवस्था गरेका छौ आपातकालीन स्वास्थ्य टोली हाम्रो एक्जिबिसन समयमा रहने रहनेछन् । सीसीटीभी सुरक्षा निगरानी तथा आगो नियन्त्रण व्यवस्था पनि परिचालन गरिने छ ।

अपाङ्ग मैत्री पनि बनाएका छौ ह्विल चेयर मैत्री पनि बनाएका छौ । यसपाली नाडाले सम्पूर्ण अटोमोबाइल प्रेमी उद्योग व्यवसायी व्यावसायिक प्रतिनिधि संचारकर्मी तथा सर्वसाधारणलाई एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा अटो सो दुई हजार छब्बिसमा उपस्थित भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिइरहेका नवीनतम प्रविधिहरुको अनुभव गर्न आमन्त्रण बिभिन्न माध्यमवाट गरिसकेका छौ ।

म नाडा अटो शोको छैटो पटक सभापति भएर काम गरिरहँदा तपाईंहरुले हामीलाई लगाउनु भएको गुणको ऋण त हामीले तिर्न नसकौला तर हामी सधैभरि यो आत्मिय सम्बन्धलाई चाहिँ कायम राख्न सक्छौ यहाँहरुको सधैभरि हामीले सपोर्ट पाएका छौ किनकि यसमा कसैलाई केही लिनु कसैलाई केही दिनु नभए जस्तै हामी निस्वार्थ भावले एकअर्कालाई सहयोग गरेका छौ जसले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ मिडियाकर्मी साथीहरुले बहु ठूलो सहयोग गर्दै आउनु भएको छ । यसवर्ष पनि यहाँहरुबाट हामीले ठूलो सहयोगको अपेक्षा गरेका छौ देशको कुनाकुनासम्म अटोमोबाइललाई माया गरिदिनुहुने सबैको कानकानमा नाडा अटो सो दुई हजार छब्बिस भदौ नौ देखि १४ गते सम्मको अटो शो लाई भव्य बनाउन सवैमा आग्रह गर्दछौ ।

नाडा अटो शो का सभापति तथा नाडाका कार्यसमिति सदस्य अरुण बरालले पत्रकार सम्मेलनमा राख्नुभएको मन्तव्यको सार ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend