जन आकाश
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत उनले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका हुन् । रास्वपाका अनुसार गृहमन्त्री गुरुङ सोमबार पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने भएका छन् ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुने बताइएको छ। पहिलो चरणमा आम नागरिकले गृहमन्त्रीसमक्ष आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा राख्न सक्ने छन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टी केन्द्रीय नेतृत्वबिच नागरिकबाट प्राप्त सुझावसहित समसामयिक तथा नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ। कार्यक्रम साँझ ५ बजेपछि पार्टीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ। पार्टीले कार्यक्रममा सम्बन्धित सबैको सक्रिय सहभागिता र सहजीकरणका लागि आग्रहसमेत गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend