जन आकाश
काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कलेजको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन अनुभवी सहायक प्राध्यापकरलेक्चरर, स्टाफ नर्स सहित इन्जिनियरहरू समेत माग गरेको हो ।
शुक्रबार एक सूचना प्रकाशित गरी कलेजले सहायक प्राध्यापकरलेक्चरर, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको जनाएको छ ।
सहायक प्राध्यापकरलेक्चरर पदका लागि ग्यास्ट्रोएन्टेरोलोजी मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर तथा न्युरोलोजीमा डीएमरएमडी ९५ वर्षे० तथा सम्बन्धित फेलोसिप प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, रेडियोडायग्नोसिस (इन्टरभेन्सनल रेडियोलोजी), बायोकेमिस्ट्री, फरेन्सिक मेडिसिन तथा मेडिकल इमेजिङ टेक्नोलोजी सम्बन्धी शैक्षिक योग्यता भएका उम्मेदवारका लागि पनि अवसर खुला गरिएको छ।
विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट पदका लागि सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा लाइसेन्स प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने र उम्मेदवारहरूले तोकिएको योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्ने बताइएको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले नेपाल मेडिकल कलेजको करियर पोर्टलमार्फत अनलाइन आवेदन फाराम भर्न सक्नेछन् ।
साथै, आफ्नो बायोडाटा तथा आवश्यक कागजात career@nmcth.edu मा इमेलमार्फत पठाउन सकिनेछ ।उम्मेदवारहरूले आवेदन दिनुअघि सम्बन्धित पदका लागि तोकिएका योग्यता, अनुभव तथा अन्य आवश्यक सर्तहरू ध्यानपूर्वक अध्ययन गर्नुपर्नेछ ।
कलेजले गुणस्तरीय स्वास्थ्य सेवा, उत्कृष्ट चिकित्सा शिक्षा र करुणामय सेवाका लागि समर्पित हुँदै स्वास्थ्य क्षेत्रमा समर्पित हुने चाहने दक्ष जनशक्तिलाई आफ्नो संस्थासँग जोडिन आह्वान गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend