जन आकाश
नेपालमा सवारी साधनसँग सम्बन्धित नाडा अटो शो पछिल्लो समय प्रत्येक वर्ष हुदै आएको छ । यो वर्ष नाडाले ५० वर्ष पुगेको उपलक्ष्यमा भव्य तयारी नै गरेको छ । वार्षिक झण्डै ४ अर्ब जतिको सवारी साधन सम्बन्धि व्यापार हुने नाडा एसोसिएसनले बताउदै आएको छ ।
विगतमा नेपालको स्रोत साधन अपुुग भएका कारण स्वदेशमा नै सवारी साधन उत्पादन गर्ने कल कारखानाहरु स्थापना भएका थिएनन् । एउटा मुुस्ताङ नामको सवारी उत्पादन गर्न खोजिएको थियो तर पछि त्यो सञ्चालन हुन सकेन । यतिवेला धेरै जति ईलेक्ट्रोनिक अर्थात विद्युतिय सवारी साधनहरुको माग नेपालमा बढ्दै गएको छ । नेपाल सरकारले उपयुक्त ठाउमा जग्गा उपलब्ध गराउन नसकेको कारण उद्योग खोल्न समस्या छ भन्दै नेपालका सवारी साधन बिक्री गर्दै आएक व्यवसायीले गुनासो गर्दै आएका छन् । यतिवेला नयाँ सरकार छ । नयाँ सरकारले पुराना पार्टीको नेतृत्वाट सरकार सञ्चालन हुदा यि यस्तै समस्याहरु सावधान भएन भनेर नै यो जेन्जीको आन्दोलनवाट आएको जनमतको सरकार बनेको हो ।
त्यस कारण विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न भनेर डा. माहाविर पुनलाई विज्ञान तथा नवप्रबर्धन मन्त्रालय नै स्थापन गरेर काम गर्ने गरी मन्त्रालयको स्थापना भएको छ । त्यसकारण सम्बन्धित जस्तै सवारी साधन बिक्री गर्दै आएका व्यवसायीहरु, नेपाल सरकार अन्र्तगत सम्बन्धित मन्त्रालय, बिभागहरु सहितको संयुक्त पहलमा नेपालले पनि आफ्नै सवारी साधन उत्पादन गर्न सक्छ भन्ने विश्वासको वातावरण बनाएर नेपालमै सवारी साधन उत्पादन गर्ने तयारी गर्न लाग्नुपर्ने देखिन्छ ।
त्यसकारण अरुको देशमा एडभान्स दिएर सवारी साधन ल्याएर बिक्री गरेर मात्र देशको प्रचुर विकास गर्न सकिदैन । देशको प्रचुर विकास गर्न आफ्नै देशमा उद्योग कलकारखान स्थापना गरेर धेरैलाई रोजगार र ठूलो स्केलको व्यापार गर्न सकेमा नेपालले पनि अन्तराष्ट्रियस्तरमा काम गर्न सक्छ । त्यसैले सवरी साधन उत्पादन गर्ने उद्योगको स्थापना गर्न सम्बन्धित पक्ष लागोस् ।
जन आकाश साप्ताहिकमा २०८३ भदौ ९ गते प्रकाशित सम्पादकीय ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend