logo मंगलबार, भाद्र ९ २०८३ | Tuesday 25th August 2026

मभित्रको उ लोकार्पित


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौँ ।



नेपाल स्रष्टा समाजको आयोजनमा कथाकार हरि थापाको नविनतम् कथा कृति ’मभित्रको उ ‘को लोकार्पण  गरिएको छ ।
नेपाल स्रष्टा समाजद्धारा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अग्रज कथाकार मञ्जु काँचुली,श्रीओम श्रेष्ठ,डा. दीनबन्धु शर्मा,पवन आलोक,कथाकार थापा लगायतले कृति सार्वजनिक गरे।
प्रमुख अतिथि काँचुलीले कथा सबै कुरा हो भन्दै समाज विखण्डन हुनेगरी कथा कसैले लेख्न नहुने सुझाइन । उनले भनिन्,सबैलाई समन्वय गर्न सक्ने,एकतामा जोड्न सक्ने कथा लेखौँ । कथा समाजको सकारात्मक रुपान्तरणको लागि लेखिनुपर्दछ । विचार,सोच र चेतनाले कथा राम्रो हुने उनको भनाई थियो ।
कथाकृतिमाथि टिप्पणी गर्दै डा.शर्माले पुस्तकले पाठकले आआफ्नो मस्तिष्कले फरक फरक धारणा बनाउने बताए । उनले पाठक जुन पृष्ठभूमिबाट आएको छ,उसले सोही धारणा बनाउँने कुरामा जोड दिए । मभित्रको उ कथासङ्ग्रहमा मूलत् सामाजिक यथार्थवादी कथाहरु छन् । आदर्शवादी चेत र केही प्रयोगवादी कथाहरु पनि समावेश छन् । नेपाली समाजका घरपरिवारका सुखदुख परेका छन् ।
उनले कथाहरु चोटिला हुनुपर्नेमा पनि जोड दिए ।
समाजका केन्द्रीय अध्यक्ष रोदनले कथाकार थापालाई सर्जकमात्र नभएर लघुकथा,कथाका प्रवद्र्धक र सम्बद्र्धकको रुपमा मूल्याँकन गरे । हरि थापा लेखकमात्र नभएर सहयात्रा विधाका कल्पनाकार पनि हुन् । सरल र असल मिजासका थापा हार्दिक पनि छन् । उनले भने ।
समाजका संरक्षक पवन आलोकले कथाकार थापा र आफ्नो सम्बन्धको बारेमा चर्चा गर्दै कृति सफलताको निम्ति शुभकामना दिए ।
कथाकार थापाले कथा लेखनीका प्रारम्भिक अनुभूतिहरु साझा गरे ।
समाजका बागमती प्रदेशका संयोजक शंकर भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य एलिशा ढुंगानाले स्वागत मन्तव्य राखिन ।
कार्यक्रमको सञ्चालन उद्धव सापकोटाले गरे ।
कृतिलाई सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend