logo बुधबार, भाद्र १० २०८३ | Wednesday 26th August 2026

भोटेकोशी बाढी : सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन


  • जन आकाश
  • बुधबार, भाद्र १० २०८३

काठमाडौं । भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।



प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएएको जानकारी दिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको बताए ।

तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतिर बढेको छ । बाढीले ठूलो क्षति गरेको अनुमान गरिएको छ । बाढीले रसुवा र नुवाकोटको सिमानामा रहेको बजार बगाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend