logo बुधबार, भाद्र १० २०८३ | Wednesday 26th August 2026

ट्रम्पका कान्छा छोराको हत्या गर्ने इरानको योजना


  • जन आकाश
  • बुधबार, भाद्र १० २०८३

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पको हत्या गर्ने योजना बनाएको खुलेको छ।



ट्रम्पका २० वर्षीय कान्छा छोरा मार्न इरानले योजना बनाइरहेको जस्तो सुनिने भिडिओ त्यहाँको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)बाटै प्रसारण भएपछि यो खुलासा भएको हो।

आइआरआइबी इरानी कट्टरपन्थीनिकट टेलिभिजन हो। इरानी सर्वोच्च नेताको कार्यालयबाटै आइआरआइबीको प्रमुख नियुक्त गरिन्छ।

गत सप्ताहन्तममा आइआरआइबीले प्रसारण गरेको करिब ३ मिनेटको भिडिओमा ट्रम्पका कान्छा छोराको नाम लिइएको थियो।

भिडिओमा अंग्रेजी भाषामै ुह्वेर टु किल ब्यारोन ट्रम्परुु अर्थात ब्यारोन ट्रम्पलाई कहाँ मार्नेरुु भन्ने शब्द प्रयोग भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

भिडिओमा ब्यारोन सार्वजनिक रूपमा आउजाउ गर्ने ठाउँहरूबारे पनि चित्र र ग्राफिक्स देखाइएको थियो। त्यसमध्ये न्युयोर्कस्थित ट्रम्प टावर पनि देखाइएको भनेर रोयटर्सले लेखेको छ।

भिडिओको अन्त्यतिर एक जना वक्ताले ब्यारोनको हत्या गर्नेलाई १ करोड अमेरिकी डलर पुरस्कार दिने र त्यस्ता व्यक्तिहरूको खोजी र प्रतिक्षा भइरहेको बताएका थिए।

इरानको सरकारी टेलिभिजनबाट यस्तो भिडिओ सार्वजनिक भएपछि अमेरिकी सिक्रेट सर्भिस सतर्क भएको छ। उसले भिडिओबारे अनुसन्धान गरिरहेको पनि रोयटर्सले लेखेको छ।

सिक्रेट सर्भिस उक्त भिडियोबारे जानकार छ। हाम्रा सुरक्षा जिम्मेवारीमा रहेका व्यक्तिविरुद्ध खतरा मान्न सकिने कुनै पनि विषयको अनुसन्धान गर्छ, हेरिङले भनेका छन्। तर सुरक्षा सञ्चालनसँग सम्बन्धित संवेदनशील सूचना सार्वजनिक नगर्ने हेरिङले बताएका छन्।

सिक्रेट सर्भिसले भने भिडिओमा उल्लेख गरिएको धम्की वास्तविक र तत्कालको खतरा हो कि होइन भन्नेबारे थप जानकारी दिएको छैन।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले भने एक स्रोतलाई उद्धृत गरेर भिडिओ इरानबाट ट्रम्प र उनका परिवारलाई लक्ष्य गरी चलाइएको अभियानकै एउटा हिस्सा भएको बताएको छ।

यस्ता भिडिओहरू विगतमा पनि सार्वजनिक हुने गरेको र त्यसमा ट्रम्पका परिवारका सदस्यहरू कहाँ जाने गर्छन् भन्ने विवरण र उनीहरूको हत्या कसरी गर्न सकिन्छ भन्ने संकेतसमेत समावेश हुने गरेका छन्।

यसपालि भने ट्रम्प परिवारका कुनै सदस्यलाई नामै किटेर निशाना बनाइएको देखिएको छ। यसअघि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि धम्की दिइएका घटना सार्वजनिक भएको सिएनएनले लेखेको छ।

अमिरका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेका बेला आएका यस्तो भिडिओले ट्रम्प परिवारको सुरक्षा जिम्मा प्राप्त सिक्रेट सर्भिस अझै सतर्क भएको छ।

ट्रम्प स्वयंले पनि आफूविरूद्ध इरानबाट धम्की आएको भनेर सार्वजनिक कार्यक्रममै बोल्दै आएका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend