जन आकाश
कवि, लिलामाया ढकाल
एक्काइसौं शताब्दीको महाभारतको कथा
फेरि शुरु भयो
एक्काइसौं शताब्दीको
महाभारतको कथा ।
चिरहरण हुदै छ लोकतन्त्रको
तर मौन छन कृष्ण
मनोमानि गरिरहेछन दुर्योधन र शकुनि
देशको अस्मितासग पासा खेल्दै ।
मर्माहत छन देशबासिहरु
भ्रममा रुमलिएको छ सिङ्गो कुरुक्षेत्र
शकुनिका जालहरुले
जतासुकै बिछ्याइएका छन पासाहरु
अन्योलमा रुमलिएको बेला
कहा खोज्नु र गाण्डिव्धारीलाइ ?
आमाको अस्मिता बन्दकी राखेर
राज्यको इज्जत ढाक्न
व्यास्त छन चारैतिर
भेषधारी दुर्योधन र शकुनिहरु ।
अस्त्रबिहिन लाचार अर्जुन जस्तै
गाण्डीव खोसिएको झै देखिन्छन
पटक पटक देशको अस्मितमाथि
खेलबाड हुदा सबै मौन छन ।
छलिएका छन देशबासी
नक्क्ली दुः शासन शकुनिले
फिजाएको पासादेखि
अर्जुनको नाममा
यो स्वार्थको महाभारत रचिरहेछन
मनोमानी र तानाशाहीको खेती
मच्चाउदै छन फेरि
अर्को महाभारतको युद्ध ।
सन्त्रास्त्र समयमा बाचेकाहरुमाथि
कहिले अन्त्य होला महाभारतको युद्ध !
र , उत्साह फक्रलान आखाहरुमा ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend